आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

४८ लाख खर्च गरेर क्यानडा जान बिदाइको माला पहिरिएर घरबाट निश्किेकी युवती एअरपोर्टबाटै फिर्ता

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ९, २०७५



  • काठमाडौं। यतिबेला नेपाली युवाको आकर्षक गन्तव्य मुलुक क्यानडा बनेको छ। रोजगारीका लागि होस् या अध्ययनका लागि अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका विकसित मुलुकमा जान युवाहरु लाखौँ रकम खर्चिन तयार हुन्छन्।

    त्यस्तै रुकुमकी पार्वती राउत (नाम परिवर्तन)ले खासै पढेकी थिइनन्। उनले आफू क्यानडा जान पाउने सुनिन्। ४८ लाख रकम बुझाएपछि आफूपनि क्यानडा रोजगारीका लागि जान पाउने र क्यानडामा मासिक ५ देखि ६ लाख सम्म कमाई हुने, क्यानडामा नै परिवारसहित सेटल भएर बस्न पाउने कुरा सुनेपछि पावर्ती क्यानडा जान तयार भइन्।

    क्यानडा पठाउने मान्छेसँग उनको काठमाडौंमा भेट भयो। भेटमा क्यानडा पठाउने व्यक्तिले क्यानडामा काम र कमाइका बारेमा निकै लोभलाग्दा कुरा पार्वतीलाई सुनाए।

    क्यानडा जाने रहर पूरा हुने भएपछि पार्वती खुशी भइन्। सबै कुरा हो जस्तै लाग्यो। आफू ४८ लाख पैसा बुझाएपछि सजिलै क्यानडा जान पाउने सोचेर पैसा बुझाइन्। पैसा बुझाएपछि उनको भिसा पनि आयो। केही समय पछि क्यानडा जाने दिन पनि आयो।

    क्यानडाका लागि सबै सामान तयार गरेर पावर्ती घरबाट फूलमाला सहित बिदाई भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिन्। उनीसँगै उनका केही साथीहरु पनि विदाईका लागि विमान स्थल पुगेका थिए। पार्वती आफू क्यानडा जान पाउने भरपछि निकै खुसी थिइन्। उनमा आफू क्यानडा जान पाउने खुसीको कुनै सीमा थिएन।

    प्रस्थान कक्ष प्रवेश गर्नै लाग्दा उनलाई त्यँही रोकियो। उनी छक्क परिन्। ‘किन रोक्नु भएको मेरा फ्लाइट छ म आज क्यानडा जाँदैछु’, पार्वतीले आफूलाई प्रस्थान कक्षमा रोकिएपछि आफूलाई भित्र पठाउन आग्रह गरिन्। भिसा नक्कली भएकाले भित्र जान नपाउने भन्दै पार्वतीलाई प्रस्थान कक्षको ढोकैबाट फिर्ता गराइयो।

    पार्वती छाँगाबाट खसेजस्तै भइन्। आफूले ४८ लाख बुझाएर भिसा लिएको भन्दै भिसा नक्कली नभएको बताइन्। तर पार्वतीको भिसा नक्कली नै थियो। उनीसँगै गएका साथीहरु पनि छक्क परे। बिदाईका लागि विमान स्थल पुगेका उनीहरुले पार्वतीलाई सँगै लिएर पो आउनु पर्यो। पार्वतीको खुसी आँसुमा पोखियो। क्यानडा जाने सपना सबै चकनाचुर भयो।

    क्यानडा पुगेर धेरै पैसा कमाउने सपनाले छपक्कै छोपेपछि पार्वतीले आफूलाई क्यानडा रोजगारीका लागि पुर्याउँछु भन्ने व्यक्तिकोे नाम समेत सोधेकी थिइनन्। उनलाई क्यानडा पठाउने भन्दै बागबजारस्थित एउटा क्याफेमा बसेर कुरा गरेका थिए। क्यानडा पुर्याउने सपना देखाउने मान्छेको फोन नम्बर मात्र थियो पार्वतीसँग।

    पार्वतीले त्यो नम्बरमा फोन गरिन्। फोन अफ थियो। त्यसछि प्रहरी परिसर काठमाडौमा पार्वती ठगी कसुरमा उजुरीका लागि पुगिन्।
    प्रहरीमा पार्वतीले आफू क्यानडाको मोहले ठगिएको भन्दै उजुरी दिइन्। उनले आफूलाई क्यानडा पठाउने मान्छेको अनुहार हेर्दामात्र चिन्ने तर उसको नाम, थर, ठेगाना केही पनि थाहा नभएको बताइन्।

    काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटी भन्छन, ‘अमेरिका, अस्ट्रेलिया, क्यानडा लगायत विभिन्न युरोपियन मुलुकमा रोजगारीको आकर्षक प्रलोभनमा परेर धेरै युवाहरु ठगिन थालेका छन्।’

    अरुको लहीलहीमा लागेर वास्तविक कुरा नबुझी बिना प्रमाण, बिना आधार, मिठो बोली बोलेको भरमा घर ठेगाना केही नबुझी लाखौँ पैसा बुझाउँदा युवाहरु ठगिने हुँदा अरुको कुरा सुनेर बिना प्रमाण पैसा नबुझाउन डिएसपी बोगटीले आग्रह गरेका छन्।

    काठमाडौमा यस्ता ठगीका घटनाहरु दिनानुदिन बढ्दै गइरहेका छन्। देशैभरीका युवाहरु वैदेशिक रोजगारीमा काठमाडौं आएर नै जाने हुँदा यहीँबाट युवाहरु ठगिने क्रम समेत बढिरहेको छ । प्रहरी परिसरमा मात्रै दैनिक जसो वैदेशिक रोजगारीका नाममा १० वटा देखि १२ वटासम्म उजुरीहरु आउने गरेको डिएसपी बोगटीले जानकारी दिए।

    भर्खरै मात्रै अस्ट्रेलिया पठाइदिने मीठो सपना देखाएर बागबजारको एउटा कन्सलटेन्सीले ४० जना भन्दाबढी विद्यार्थीहरुलाई ठगी गरेको खुलेपछि परिसरले कन्सलटेन्सी सञ्चालक गणेश ढकाललाई कारबाहीका लागि परिसरमा ल्याइर थप छानविन गरिरहेको जनाएको छ ।

    युवाहरु ठगीने समस्या बढ्दै गएपछि यस्ता समस्याको समाधानका लागि युवा पनि सचेत हुनुपर्ने र वैदेशिक रोजगारी तथा वैदेशिक अध्ययनका लागि जानेक्रममा सरकारबाट मान्यता प्राप्त संस्थाबाट पहल गर्न प्रहरीले अनुरोध गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij