प्रकाशित मिति : बिहिबार, फाल्गुन ९, २०७५
चितवन । नेपाली काङ्ग्रेस चितवनले भरतपुर महानगरपालिकाकी उपप्रमुख तथा नेपाली काङ्ग्रेसकी नेतृ पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्की आएको भन्दै आपत्ति जनाएको छ।
नेपाली काङ्ग्रेस चितवनका सचिव उत्तम जोशीद्वारा बुधबार जारी विज्ञप्तिमा जनप्रतिनिधिका रूपमा सामाजिक काम गर्दैगर्दा सामाजिक सञ्जालमार्फत धम्की दिने प्रवृत्तिले मनोबल गिराउने काम भएको भन्दै ध्यानाकर्षण भएको जनाइएको छ।
कुनै पनि बहानामा यस्ता धम्की तथा मनोबल गिराउने काम नगर्न÷नगराउनसमेत पार्टीले विज्ञप्तिमार्फत जनाएको छ ।
यस्ता गतिविधि गर्नेमाथि कारवाही गर्नसमेत सम्बन्धित निकायसँग माग गरिएको छ। आउँदा दिनमा यस्ता घटना नदोहोर्याउनसमेत विज्ञप्तिमा चेतावनी दिइएको छ।
उपप्रमुख ठकुरीलाई एक विद्यार्थी नेताले सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण सन्देश पठाएको उनले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij