आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

साहित्यकार शिव रेग्मीको निधन

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ९, २०७५



  • काठमाडौँ । वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको ७८ वर्षको निधन भएको छ।

    विक्रम संवत् १९९८ असोज १ मा काठमाडौँमा जन्मिएका रेग्मीलाई बुधबार सुतेको केही बेरमा श्वास फेर्न असजिलो भएपछि उपचारार्थ काठमाडौँ मेडिकल कलेजमा भर्ना गरिएकामा अचानक उनको निधन भएको नेपाल साहित्यिक पत्रकार सङ्घका निवर्तमान अध्यक्ष रोचक घिमिरेले जानकारी दिएको छ।

    चिनी र उच्च रक्तचापबाट पीडित भए पनि उनमा खासै कुनै समस्या नभएको र ब्रेनहेमरेजका कारण उनको निधन भएको जानकारी अस्पतालले दिएको उनले बताए। स्वर्गीय रेग्मीको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

    ‘भूपि शेरचनका कविता’, ‘गोरखापत्र सय वर्षका १०१ कथा’, ‘शारदाका सम्पादकीय विचारहरु’, ‘नेपाली क्रान्तिकको भूमिकै भूमिका’, ‘शङ्कर लामिछानेका निबन्ध’, ‘गोरखापत्रका १०१ निबन्ध’, ‘कमल दीक्षितको दुष्टि स् दृष्टिकोण’ आदि उहाँद्वारा सम्पादित कृति प्रकाशित छन्।

    उनी गोरखादक्षिण बाहु र त्रिशक्ति पटबाट विभूषित थिए। त्यस्तै २०७० सालमा उनलाई मदन पुरस्कार गठनले जगदम्बाश्री पुरस्कार प्रदान गरेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij