आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

घरबाहिर राखिएका डस्टबिन अचानक हराउन थालेपछि अनुसन्धान गर्दा खुल्यो डरलाग्दो कहानी

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १०, २०७५



  • लण्डन। बेलायतमा केही हप्ताअघि अचानक घरबाहिर राखिएका फोहरका भाँडा हराउन थाले । फोहरका भाँडा हराउन थालेपछि मानिसहरु छक्क परे र उनीहरुले प्रहरीलाई खबर गरे । प्रहरीले अनुसन्धान गर्दै जाँदा निकै डरलाग्दो रहस्य खुलेको छ । यहाँका युवाहरुले फोहरका डस्टबिनलाई फोहरसमेत जलाएर त्यसको धुवाँको सेवन गर्न थालेको पाइएको छ । युवाहरुले यस्तो धुवाँलाई नशाको रुपमा प्रयोग गरिरहेको भेटिएको छ ।

    अलिे प्रहरीले यहाँका स्थानीयलाई घरबाहिर डस्टबिन नराख्न निर्देशन दिएको छ । ग्रेगर म्याचेस्टर पुलिसका प्रवक्ताले भने ‘लंगसाइट पार्क यसको सबैभन्दा ठूलो उदाहरण हो । हालै यहाँ बच्चाको खेलमैदानमा डस्टबिन जलाइएको छ ।’ ग्रेगर म्यान्चेस्टर फायरबाट प्राप्त सूचनाअनुसार फोहरको डस्टबिनलाई मात्रै यत्ति कारणले आगो लगाइयो किनकि केही व्यक्तिलाई यसबाट निस्कने धुवाँको नशा गर्नु थियो । पुलिसका अनुसार यो नशा गर्ने व्यक्तिलाई जत्तिकै आसपासका व्यक्तिलाई पनि खतरनाक छ किनकि प्लाष्टिकबाट निस्कने धुवाँ निकै विषालु हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij