आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्कुटर चेकजाँच गर्दा प्रहरीको उड्यो होस्

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १०, २०७५



  • काठमाडौं । राजधानी काठमाडौंमा अपराधका घटनाका बढेसंगै प्रहरीले पनि आफ्नो सक्रियता बढाएको छ। अपराध र अपराधीलाई नियन्त्रण गर्न प्रहरीले कडाईका साथ नयाँ नयाँ तरिका अपनाउदै आएको छ।

    राजधानीका बिभिन्न स्थानहरुमा अपराधी क्रियाकलापहरु पनि घटिरहँदा प्रहरीले पनि दिनप्रतिदिन कडा कदमका साथ अपराधीहरु पक्राउ गरी सार्वजनिक गर्दै आएको छ।

    त्यसै क्रममा शुक्रबार प्रहरीको एक टोलीले संकास्पद रुपमा एउटा स्कुटर चेकजाँच गर्दा प्रहरी नै चकित परेका छन्। महानगरीय प्रहरी प्रभाग कोटेश्वरले बा ७८ प ८६१४ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा ललितपुर पाटन बस्ने प्रदिप शाक्यको साथबाट ठूलो मात्रामा लागुऔषध फेला पारेको छ।

    शाक्यको स्कुटरमा डाईजेपाम, फेनरागन र नुफिन गरी २१ एम्पुल र सिरिञ्ज १२ वटा बरामद गरी उनलाई नियन्त्रणमा लिएको छ। विभिन्न प्रकृतिका घटनाहरु सार्वजनिक हुँदै गर्दा शुक्रबार मात्रै काठमाडौंमा मात्र लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    जसमा जोरपाटी स्थित सुजन मगरको कोठा खानतलासी गर्दा अबैध लागुऔषधसहित पक्राउ गरेको हो। उनलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले लागुऔषध सहित पक्राउ गरेको हो।

    फेनरागन नुफिन र डाईजोपाम गरी ४१ एम्पुल, मोबाईल सेट १८ थान, विभिन्न कार्यालय तथा विद्यालय, संस्थाहरूका छाप १ सय ८९ थान तथा विभिन्न कागजपत्रहरू पनि फेला पारेको छ। सोही घटनामा संलग्न उनको भाई सुरेश मगरलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ।

    त्यस्तै प्रहरी प्रभाग दूधपाटीको टोलीले पनि लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दोलखाका सुकमान तामाङ, काभ्रेका विवेक तामाङ, रामेछापका बुद्ध नारायन श्रेष्ठ रहेका छन्।

    भक्तपुर दूधपाटी स्थित आर्मी स्कुल अगाडी उनलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध नुफिन, डाईजेपाम र प्रोभेथाईजन ६८ एम्पुल बरामद गरेको छ।

    त्यस्तै महानगरीय प्रहरी प्रभाग नागढुङगाले पनि बुटवलबाट काठमाडौं आउदै गरेको लु १ ख ८२१५ नम्बरको यात्रुबाहक सवारी साधनलाई चेकजाँच गर्दा रूपन्देहीका सन्दिप थापाको साथबाट लागुऔषध नाईट्राभेट १ सय ३८ ट्याबलेट बरामद गरेको छ।

    शुक्रबार भएका सबै खाले घटनामा संलग्नलाई लागुऔषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कार्बाहीको तयारी गरेको जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij