आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एकाएक राजधानीमा त्रास

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १२, २०७५



  • काठमाडौं। व्यस्त शहरी दैनिकी। सवारीको चहल पहल उस्तै। शान्ति सुरक्षाको हिसावले शान्त र खतरामुक्त । शुक्रबार बेलुकी साँढे आठ बजेसम्म देशको मुख्य राजधानीको ताजा अबस्था यस्तै थियो । तर त्यसपछिको अबस्थाले अर्कै रुप लियो। राजधानीबासीमा त्रास निम्त्यायो।

    ललितपुरको नख्खुमा भएको बम विष्फोट र राजधानीकै नक्सालमा फेला परेको बमले गर्दा राजधानीबासी एक्कासी आक्रान्त बने । नक्सालमा फेला परेको बम सेनाले निस्कृय पारे पनि नख्खुमा विष्फोटनै भयो । मानबीय क्षती नै हुन पुग्यो ।

    एनसेलको मुख्यालयलाई लक्षित गरी राखिएको प्रेसर कुकर बम पड्किँदा ३ जना घाइते भएका थिए । घाइतेमध्ये गम्भिर घाइते भएका एकको उपचारको क्रममा मृत्युसमेत भएको छ भने अन्य दुईको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

    विष्फोटमा परी घाइते बनेका लमजुुङका सिंहप्रसाद गुरुङको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । ४९ वर्षीय गुरुङ सिंगापुरे लाहुरे भएको खुलेको छ । उनी ३ वर्षअघि सिंगापुर प्रहरीबाट अवकास पाएर स्वदेश फर्केका थिए । गुरुङको दुबै खुट्टामा गम्भिर चोट लागेको, कम्मरका हड्डीहरु भाँचिएको र रगत बग्ने ठूला नसाहरु काटिएकोले अत्यधिक रक्तश्रावका कारण मुत्यु भएको अस्पतालले जनाएको छ ।

    अन्य दुई जना घाइतेहरु ललितपुर बाग्डोल बस्ने २६ वर्षीया प्रतिक्षा खड्का र काभ्रे बनेपा घर भएकी २५ वर्षीया उरुषा मानन्धरको स्वास्थ्य अबस्था चिन्ताजनक नभएको अस्पतालले जनाएको छ।

    घाइतेहरु खड्का र मानन्धर अल्का र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ भने मृतकको उचित क्षतीपूर्ति र घाइतेहरुको उपचार खर्च सरकारले व्यहोर्ने गृहमन्त्री रामबहादुर थापाले घाइतेहरुको स्वास्थ्य अबस्था बुझ्न आउने क्रममा बताए।

    घाइते मानन्धर मेडिसिटीकै स्टाफ नर्स हुन् । उनको खुट्टामा गहिरो चोट लागेको छ भने अर्की घाइते खड्काको पातोमा चोट लागेको अस्पतालले जनाएको छ।

    यस्तै बम विष्फोटमा संलग्न भएको आशंकामा एनसेलकै दुई सुरक्षा गार्डलाई विष्फोट भएको केहीबेरमै नियन्त्रणमा लिइएको थियो भने शनिबार अन्य ४ जनालाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको छ । उनीहरुलाई महानगरीय प्रहरी परिषर ललितपुरमा राखिएको परिसरका उच्च स्रोतले बताएको छ । स्रोतले पक्राउ पर्नेहरुको नाम गोप्य राखिएको जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु घटनामा संलग्न देखिएकोले म्याद थप गरी अनुसन्धान थालिएको परिषर प्रहरी स्रोतले जनाएको छ। नेपाल समाचारपत्र दैनिक

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij