आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रतिकूल मौसमका कारण ३ शव दुर्घटनास्थलमै, भोलि मात्रै काठमाडौं ल्याइने

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १५, २०७५



  • काठमाडौं । प्रतिकूल मौसमका कारण नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरुको शव सङ्कलन कार्य प्रभावित भएको छ ।

    काठमाडौँबाट गएको सेनाको हेलिकप्टर घटनास्थलमा अवतरण गर्न नसके पनि डोरीमा अड्काएर (पोको पारिएका) चार वटा शव सुकेटार विमानस्थलसम्म ल्याइएकामा अन्य शव ल्याउन कठिनाइ भएको छ ।

    दुर्घटनामा परी निधन भएका सातमध्ये चार जनाको शव सुकेटार विमानस्थल ल्याइएको छ भने बाक्लो हिमपातपछि तीन जनाको शव निकाल्न नसकिएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए।

    ‘डेढ फिटभन्दा बाक्लो हिमपात भयो’, भण्डारीले सेतोपाटीसँग टेलिफोनमा भने, ‘शव निकाल्न सकिएन। अब भोलि मात्र प्रयास गर्छौं।’ उनले सुकेटर ल्याइएका शव ताप्लेजुङ जिल्ला अस्पतालमा राखिने बताए।

    बिहिबार सात वटै शव एकसाथ काठमाडौं पठाइने भण्डारीले जानकारी दिए।दुर्घटनास्थल भीरमा रहेकाले शव निकाल्न अप्ठ्यारो भएको भण्डारीले बताए।

    बुधबार दिउँसो भएको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सातै जनाको मृत्यु भएको थियो।

    काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर काठमाडौँ फर्किने क्रममा ताप्लेजुङको दारेभिरमा दुर्घटनामा परेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij