आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विप्लवको नेपाल बन्दले जनजिवन प्रभावित

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५



  • काठमाडौं, फागुन ३०

    नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दले देशभरको जनजिवन प्रभावित भएको छ ।
    विप्लव समूहले आह्वान गरेको बन्दलाई निस्प्रभावी बनाउन राजधानीसहित देशभरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । मुख्यमुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी परिचालन भएका छन् ।

    पछिल्लो समय विप्लव समूहले विभिन्न ठाउँमा गरेको विष्फोट तथा सरकारले विप्लव समूहलाई लगाएको प्रतिबन्धका कारण यो पार्टीले आह्वान गरेको बन्दको असर विद्यालयहरुमा भने देखिएको छ । शिक्षक तथा विद्यालय प्रशासनले अवस्था बुझेर विद्यालय आउनु भन्ने सन्देश विद्यार्थीलाई दिएपछि विद्यार्थी अन्यौलमा परेका छन् ।

    केही विद्यालयले भने विद्यार्थीलाई छुट्टी नै दिएका छन् । तर, प्रहरीले भने सुरक्षा व्यवस्था मजबुद बनाउने दाबी गरेको छ । सर्वसाधारण नभई बन्दकर्ता डराउनुपर्ने अवस्थाको सिर्जना हुने गरी सुरक्षा व्यवस्था मजबुद बनाइने काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्तकुमार लामाले बताउनुभयो । सुरक्षार्थ सडकमा खटिएका प्रहरीहरुले पनि अहिलेसम्म कही कुनै अवरोधको घटना नसुनेको र स्थिति सामान्य रहेको बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij