आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

घर बनाउदा मापदण्ड पुरा गर्नैपर्छ : मेयर वन

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५



  • रत्ननगर । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले घर निर्माण गर्दा भवन निर्माण आचारसंहिताले तोकेको मापदण्ड पुरा गर्नुपर्ने बताएका छन्।

    रत्ननगरमा आयोजना गरिएको सामुदायिक विपद् प्रतिकार्य तालिमको समापन कार्यक्रममा उनले सरकारले नागरिकको सुरक्षाको लागि भवन निर्माण आचारसंहिता लागू गरेको भन्दै मापदण्ड पुरा गरी घर बनाउनु पर्ने बताए।

    कमजोर घर बनाएर नक्सा पास गर्न भनसुन गर्ने प्रबृत्तिको विकास भइरहेको भन्दै उनले बजबुत घर बनाउनु आफ्नै सुरक्षाको लागि भएको बताए। घर कमजोर भयो भने भूकम्पले हामीलाई खान्छ उनले भने आफ्नो र परिवारको आचारसंहिताले तोकेको मापदण्ड पुरा गरी घर बनाउनु आवश्यक छ।

    राम्रो सामाग्री हालेर घर बनाउदा धेरै पैसा खर्च हुनु स्वाभाविक रहेको भन्दै उनले घर मजबुत भयो भने विपद् आउँदा जोखिम कम हुन्छ। मेयर वनले प्रक्रिया पुरा गरेर मात्र घर तथा भवन निर्माण गर्न नगरवासीलाई आग्रह गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij