आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वन्यजन्तुको प्यास मेटाउन शुक्लाफाँटामा ६० पोखरी निर्माण हुने

  • प्रकाशित मिति : शुक्रबार, चैत्र १, २०७५



  • भीमदत्तनगर । वन्यजन्तुको पानीको प्यास मेटाउन कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ६० वटा कृतिम ताल (पोखरी) निर्माण हुदैछन ।

    वन्यजन्तुको वासस्थापन संरक्षण तथा गर्मीयाममा निकुञ्जभित्र भएका प्राकृतिक तालमा पानी कम हुने भएकाले निकुञ्जको विभिन्न क्षेत्रमा चालु आर्थिक वर्षमा ६० वटा कृतिम ताल निर्माण हुने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । ताल निर्माणका लागि रु एक करोड २० लाख रकम समेत केन्द्रबाट विनियोजन गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले जानकारी दिए ।

    विभिन्न समयमा गरेर निकुञ्जको शुक्लाफाँट, अर्जुनी क्षेत्र, पिपरिया, सिंहपुरलगायतका क्षेत्रमा हालसम्म ३४ वटा ताल निर्माण भइसकेका छन् । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा रहेका रानी ताल, बाबा ताल, बठनीयालगायतका प्राकृतिक ताल संरक्षण हुनसकेका छैनन् ।

    सरसफाइको अभावले तालमा जलकुम्भीलगायतले पुरिँदै गएका छन् । ‘वन्यजन्तुका लागि पानीको अभाव नहोस् भनेर ठाउँ÷ठाउँमा पोखरी बनाउन लागिएको हो ।’ प्रमुख संरक्षण अधिकृत पौड्यालले भने,“चालु वर्षभित्र रहेका प्राकृतिक ताल पनि सरसफाइ गर्ने योजना छ ।” उनले निकुञ्जभित्रको रानीताल सरसफाइका लागि रु २० लाख बजेट आएको जानकारी दिए ।‘ताल सरसफाइका लागि ठेक्का प्रक्रिया समेत भइसक्यो ।’ उनले भने,“वन्यजन्तु अवलोकनका लागि तीन वटा स्थानमा भ्यूटावर बन्दैछन ।”

    शुक्लाफाँटामा १७ वटा गैँडा, १६ वटा पाटे बाघ, दुई हजार ३०० को हाराहरीमा बाहसिङ्गा र सयौं प्रजातीका सङ्ख्यामा चराचुरुङ्गी रहेका छन् । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij