काठमाडौं। पछिल्लो समय हेलिकप्टर र हवाइजहाज दुर्घटनाका घटनाहरु भइरहेका छन् । दुर्घटनाको क्रममा भित्र बसेका यात्रुको हालत कस्तो हुन्छ होला ? यो हामीले कल्पना मात्र गर्न सक्छौं । तर, अहिले इटरनेटमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । यो भिडियोमा हेलिकप्टर दुर्घटनाको पूरै घटना देखिन्छ । भित्र बसेका एक यात्रुले यो घटना पूरै रेकर्ड गरेका थिए ।
यी व्यक्ति उडिरहेको हेलिकप्टर भित्रबाट हिमालको दृश्य रेकर्ड गर्दै थिए । अचानक हेलिकप्टरको सन्तुलन बिग्रियो र हेलिकप्टर सिधै चट्टानमा दुर्घटनाग्रस्त भयो । दुर्घटनापछि भित्रका यात्रुहरु गम्भीर रुपमा घाइते हुन्छन् । भिडियो खिचिरहेका व्यक्ति पनि रक्ताम्य हालतमा भिडियो खिच्दै दुर्घटनागस्त हेलिकप्टरबाट बाहिर निस्कन्छन् । हेर्नुहोस् घटनाको भिडियो –