आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

धुर्मुस–सुन्तली फाउण्डेशनले ‘मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने

  • प्रकाशित मिति : मङ्लबार, चैत्र ५, २०७५



  • काठमाडौं। धुर्मुस–सुन्तली फाउन्डेशनले यही चैत्र २३ गते काठमाडौंमा ‘मातृभूमि कप मैंत्रीपूर्ण क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको छ।
    चर्चित हास्यकलाद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ संस्थापक रहेको धुर्मुस–सुन्तली फाउन्डेशनले चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने कार्यमा थप आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ यही चैत्र २३ गते सो प्रतियोगिता आयोजना गर्न लागेको हो।

    फाउन्डेशनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा सो खेल प्रतियोगिता आयोजना गर्न लागिएको पनि जानकारी गराएको छ। मुलुकको गौरव हुने गरी बनाउन लागिएको सो रंशशालामा थप आर्थिक सहयोग जुटाउने उद्देश्यका काठमाडौंमा क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको फाउनडेशनकी संस्थापक कुुञ्जना घिमिरे ‘सुन्तली’ले जानकारी दिइन्।

    पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले निर्माणाधिन अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्न सबैलाई अपिल गरे। उनले सो क्रिकेट मैदान निर्माण गर्न लागेकोमा सम्पूर्ण क्रिकेट खेलाडीहरुले गौरवको महशुस गरेको उल्लेख गर्दै त्यसमा सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

    प्रतियोगितामा कलाकार र राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ। क्रिकेट खेलाडीहरुको टिमको नेतृत्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले गर्नु हुनेछ भने कलाकारहरुको टिमको नेतृत्व वरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्नेछन्। फाउन्डेशनले निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सो खेल हेर्न ३ सय र १ हजार दरको टिकटको पनि व्यवस्था गरेको छ।

    करिव ३ अरव लागत अनुमान गरिएको सो अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहायता आउने क्रम जारी रहेको पनि फाउन्डेशनले जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ कलाकारद्धय श्रेष्ठ र आचार्यले पनि निर्माणाधिन सो रंगशाला निर्माणमा सहयोग गर्न सबैलाई अपिल गरेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij