प्रकाशित मिति : मङ्लबार, चैत्र ५, २०७५
मलेसिया । मलेसियाको जोहर बारुमा १५ दिनदेखि बेपत्ता युवा अझैसम्म पनि सम्पर्कमा आएका छैनन् । जोहर बारुस्थित ग्लोबल गार्डस एण्ड सर्भिस .कम्पनीमा कार्यरत गोर्खाका जगत गन्धर्व गत मार्च ५ तारिखमा कम्पनीबाटै वेपत्ता भएको एनआरएनए क्षेत्रीय समिति जोहर बारु मलेसियाले जनाएको छ ।
गन्धर्वको अवस्था हाल सम्म पनि पत्ता नलागेपछि एनआरएनए क्षेत्रीय समिति जोहर बारुले मलेसियास्थित नेपाली राजदूतावास समक्ष उचित छाानबिनको लागि माग गरेको छ ।
एनआरएनएले दूतावासमा छानबिनको लागि पठाएको पत्र अनुसार गत मार्च ४ तारिख लामो डिउटी सकेर फर्किएका उनी ५ तारिख बिहान समयमा डिउटी हाजिर नहुँदा कम्पनीका २ जना मान्छे उनी सुतेको होस्टेलमा आएका थिए ।
सुतेको बेलामा होस्टेल आएका ती २ जनाले गन्धर्वलाई समातेर संवेदनशिल अंगमा हानेर मुखबाट रगत आउनेगरि कुटपिट गरेका थिए । त्यसपछि उनीहरुले गन्र्धवलाई आफ्न्नै गाडिमा हालेर लगेका थिए । त्यही दिनदेखि उनी नेपालमा परिवार र यता साथिभाई कोही कसैसँग पनि सम्पर्कमा आएका छैनन् ।
सम्पर्कमा नआएपछि बेपत्ता पारिएका गन्धर्वको बारेमा आवस्यक छानबिन गर्नको लागि एनआरएनए क्षेत्रीय समिति जोहर बारुका सचिब अर्जुन सिंह ठकुरीले दुतावास समक्ष अनुरोध गरेका हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij