आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गोली चलाएर विप्लब समूहका कार्यकर्ता पक्राउ, ‘पक्राउ पर्नेहरु बम हान्न सक्रिय’

  • प्रकाशित मिति : बुधबार, चैत्र ६, २०७५



  • काठमाडौं । काभ्रेको रोशी गाउँपालिकामा प्रहरीले गोली चलाएर नेत्रविक्रम चन्द(विप्लब) नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई पक्राउ गरेको छ ।

    सरकारले चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएपछि प्रहरीले उनीहरुमाथि निगरानी बढाएको थियो ।

    सोही क्रममा काभ्रेमा चन्द समूहले गतिविधि गरिरहेको सूचना पाएपछि महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोली हिजो साँझ काभ्रेको रोशी गाउँपालिकाअन्तर्गत खहरेपांगु–२ काफलडाँडामा पुगेको थियो ।

    प्रहरी टोलीमाथि चन्द समूहका कार्यकर्ताले गोली प्रहार गरेपछि जवाफी कारबाही गरेर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    त्यसैगरी काठमाडौंबाट पनि प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुमबहादुर विक, विशाल तामाङ, शिव धिमाल र विकेन्द्र राई छन् ।

    उनीहरु ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा र वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा भएको बम बिस्फोटमा संलग्न रहेको आरोप प्रहरीले लगाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij