आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गोरखामा कुकुर र चितुवाबीच भिडन्त, १ घण्टाको भिडन्तमा कुकुरको जीत चितुवा मर्यो

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ८, २०७५



  • गोरखा । गोरखाको पालुङटार नगरपालिका १० धुँवाकोटमा कुकुर र चितुवाबीच भिडन्त हुँदा चितुवाको मृत्यु भएको छ । बिहीबार बिहान करिब ४ बजेतिरबाट सुरु भएको भिडन्तमा चितुवालाई ६ वटा स्थानीय कुकुरले आक्रमण गरेका थिए ।

    फुचुङ लामाको बाख्रा फारममा चितुवा आएपछि कुकुरहरुले चितुवालाई आक्रमण गरेका थिए । आक्रमणबाट एउटा कुकुर पनि मरेको छ भने दुई कुकुर घाइते भएका छन् ।

    कुकुरले चितुवा मारेपछि टाढाटाढादेखि मरेको चितुवा हेर्नेहरुको भिड लागेको थियो । हाल मृत चितुवा जिल्ला वन कार्यालयको जिम्मा लगाइएको वडाध्यक्ष भेजराज पाण्डेले बताए । उक्त चितुवाको मुचुल्का जिल्ला वन कार्यालयले उठाएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij