आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

टोकियोमा हुने भलिबल प्रतियोगितामा सहभागिताका लागि दर्ता खुल्ला

  • प्रकाशित मिति : सोमवार, चैत्र ११, २०७५



  • टोकियो, जापान । नेपाली नया बर्ष २०७६ तथा गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानको बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित पाँचौ मैत्रीपुर्ण सिल्भर रनिंगकप भलिबल प्रतियोगितामा सहभागिताका लागि दर्ता खुल्ला गरिएको छ।

    हरेक बर्ष प्रतियोगिताबाट भएको आम्दानीबाट नेपालमा खेलसंग सम्बन्धित क्षेत्रमा सहयोग गर्दै आएको क्लवले यो कार्यक्रमको आयबाट धुर्मुस सुन्तली फाउण्डेशनको निर्माणाधीन गौतम बुद्द अन्तराष्ट्रीय क्रिकेट रंगाशाला निर्माणमा सहयोग गर्ने छ।

    नेपालको राष्ट्रिय खेल भलिबलको माध्यमबाट जापानमा रहने सम्पुर्ण भलिबल प्रेमीहरुलाई आफ्नो प्रतिभा देखाउने र एकअर्कामा भातृत्व कायम गर्नका लागि गल्कोट स्पोर्ट्स क्लव टोकियोले बिगत आधा दशक देखि उल्लेख्य भुमिका खेल्दै आएको छ।

    प्रतियोगितामा सहभागिताका लागि मार्च २५ देखि अप्रिल १० सम्म समय सिमा तोकिएको छ। दर्ता शुल्क जापानी यन ४०००० तोकिएको छ।भने पुरस्कार राशी क्रमश प्रथम र द्वितीयलाई जापानी यन ३००००० र २००००० रहेको छ। बिगतमा पाँच छुट्टा छुट्टै बिधामा खेलाडी सम्मान गर्दै आए पनि यो बर्ष छ बिधामा सम्मान गरिने समेत क्लवले जानकारी गराएको छ।

    गल्कोट स्पोर्ट्स क्लव टोकियोको यस प्रतियोगितामा शुद्ध चाँदीको कप दिपिका ईण्टरनेशनल जापान का चन्द्र खत्री र छम खत्रीले प्रायोजन गरका छन् भने मुख्य प्रायोजक गल्कोट समाज जापान रहेको छ। निरन्तर रुपमा क्लवलाई माया गर्ने सुमेघ टुर्स एण्ड ट्राभल्स, आत्मराम शर्मा लगाएतका संघसंस्था एवं ब्यकितहरुको पनि यस प्रतियोगितामा आर्थिक सहयोग रहेको छ।

    प्रतियोगितामा अग्रिम दर्ता हुने १५ टीमलाई मात्र सहभागि गराईने छ। जापानमा रहेका संघसंस्था कल्ब लाई विभिन्न माध्यमबाट पत्राचार गर्ने कार्य गरिए पनि कुनै कारणबस् पत्र नपुगेको खण्डमा यसै समाचारलाई आधारमानी सहभागी हुन गल्कोट स्पोर्ट्स क्लवका महासचिव तथा प्रचारप्रसार संयोजक लक्ष्मण कार्कीले अनुरोध गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij