आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नगरपालिकामा आपत्कालीन केन्द्र

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १२, २०७५



  • नुवाकोट । विदुर नगरपालिकामा विपद् आएको खण्डमा तत्काल सामना गर्न र विपद् न्यूनीकरणका लागि भन्दै ‘स्थानीय आपत्कालीन केन्द्र’ सञ्चालनमा ल्याइएको छ ।

    नगरपालिकाले जीआइजेड सिँढीमुिनको सहयोगमा आपत्कालीन केन्द्र सञ्चालनमा ल्याएको हो । सोमबार केन्द्रको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले विपद्लाई रोक्न नसके न्यूनीकरण गर्न नसकिने भएकाले यस्ता केन्द्र सञ्चालन पश्चात कुनै विपद् आइहालेमा त्यसबाट क्षति कम गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    उनले विदेशीले जस्तै नेपालीले घरबाट कतै निस्कदा वा कुनै काम गर्दा पहिले नै मौसम, बाटोघाटो लगायतको विषयमा पूर्व जानकारी लिएर मात्र काम गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिए ।

    नगर प्रमुख सञ्जु पण्डितले विपद्को सामना गर्न केन्द्र स्थापना पश्चात सहज हुने बताए । उनले विपद् कहिले आउँछ भन्ने एकीन नभए पनि आउनसक्ने विपद्लाई रोक्न र आइहाले क्षति न्यूनीकरण र तत्काल उद्धारका लागि केन्द्र स्थापनापछि सहज हुने बताए।

    केन्द्रले सम्बन्धित क्षेत्रको सूचना सङ्कलन गर्ने, सरकारी गैरसरकारी निकाय, नागरिक समाज, व्यावसायिक तथा निजी क्षेत्रसँग विपद् प्रतिकार्य तथा शीघ्र पुनःलाभका कार्यलाई प्रभावकारी बनाउन सहकार्य र समन्वय गर्ने प्रमुख पण्डितले प्रतिबद्धता जनाए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij