आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राष्ट्रियसभामा शोक प्रस्ताव पारित

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १७, २०७५



  • काठमाडौँ। राष्ट्रियसभाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनमा शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ।

    आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त शोक प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दैै एक मिनेट मौन धारणसमेत गरेको छ।

    शोक प्रस्तावमा भनिएको छ, “मन्त्री अधिकारीको ४९ वर्षको उमेरमा २०७५ साल फागुन १५ गते बुधबारका दिन तेह्रथुमको चुहानडाँडा एयरपोर्ट निरीक्षणपश्चात् पाथीभरा देवीको दर्शन गरी काठमाडौँ फर्कने क्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेभिरमा हेलिकप्टर दुर्घटनामा परी निधन भएकोमा बैठक गहिरो शोक प्रकट गर्दछ।”

    २०६४ र २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की जिल्लाबाट निर्वाचित सदस्य अधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य हुनुहुन्थ्यो । युवा अवस्थादेखि नै लोकतान्त्रिक आन्दोलनमा सक्रिय अधिकारी व्यवस्थापिका–संसद्को विकास समितिको पूर्व सभापतिसमेत थिए।

    बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक–सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। शोक प्रस्ताव पारित गरेसँगै आजको बैठक सकिएको छ । अर्को बैठक फागुन १९ गते आइतबार १ बजे बस्ने छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij