आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बधाई : जुम्लाले पायो पहिलो महिला सीडीओ

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १९, २०७५



  • जुम्ला – जुम्लाले पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी पाएको छ ।पूर्व प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल गृह मन्त्रालयमा सरुवा भएपछि सिन्धुपाल्चोका पूर्व सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे जुम्लाको पहिलो महिला प्रमुख जिल्ला अधिकारीको रुपमा आउनु भएको छ । गृह मन्त्रालयले गरेको भर्खरै गरेको प्रमुख जिल्ला अधिकारीहरुको सरुवाअन्तर्गत बञ्जाडेलाई जुम्ला खटाइएको होे ।

    शुक्रबार जुम्ला आइपुग्नुभएकी पहिलो महिला प्रमुख जिल्ला अधिकारी बञ्जाडेलाई जुम्लामा भव्य स्वागत गरिएको छ । स्वागतसँगै पत्रकार भेटघाट गरेर परिचय कार्यक्रमसमेत प्रजिअ बञ्जाडेले शुक्रबार नै गर्नुभएको छ । पत्रकारहरुसँगको भेटमा प्रजिअ बञ्जाडेले जिल्लाको शान्ति, सुव्यवस्था र विकासका लागि पत्रकाहरुको भूमिका ठूलो भएको हुँदा आवश्यक सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।उहाँले आफू कर्णाली आएर सेवा गर्ने धोको पूरा भएको भन्दै अब सहकार्य र समन्वय गरेर काम गर्नुपर्नेमा सवैको साथ आवश्यक भएको बताउनुभयो । उहाँले महिला भनेर गरिने समाजको दृष्टि बदल्ने गरी कामसमेत गरेर फर्किने आशा गरेको बताउनुभयो । ‘सीडीओको रुपमा म आएको छु तर मलाई हेर्ने दृष्टिकोण महिला हुने भएकाले काम बढी गर्नुपर्नेछ’, उहाँले भन्नुभयो ।

    अर्घाखाँची जिल्ला स्थायी घर भएकी प्रजिअ बञ्जाडेले जिल्लाको विकास र समसामयिक अवस्थालाई समेत पत्रकारहरुबाट वुझ्नु भएको छ । जिल्लाका विकास र समृद्धिमा यहाँका नागरिकहरुको अनुभूति गर्नेगरी योजना बनाउने र त्यसैअनुसार अगाडि बढनुपर्ने, मदिरा नियन्त्रण अभियान केवल रक्सी खन्याउने नभई उत्पादनमा कस्तो व्यक्ति वर्ग र कसरी भइरहेको छ, गहिरो अध्ययन गरी अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।स्रोत:उज्यालो अनलाईन

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij