आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पोखरामा प्याराग्लाइडिङ दुर्घटना : २ जना घाइते, एकको अवस्था गम्भिर

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २०, २०७५



  • चिप्लेढुङ्गा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा आज दुई विदेशी प्याराग्लाइडर घाइते भएका छन् । कास्कीका छुट्टाछुट्टै ठाउँमा दुर्घटनामा परेका विदेशी प्याराग्लाइडरमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ।

    माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा बिजुलीको खम्बामा ठोक्किएर घाइते भएका पोल्याण्डका ३० वर्षीय जानुज कारोलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    उनको एउटा हात जलेको बताइएको छ । उनलाई उपचारका लागि पोखराको मणिपाल अस्पताल लगिएको छ । उनी पोखराको ब्लु स्काइ कम्पनीबाट अनुमति लिएर उडेका थिए।

    अर्का विदेशी प्याराग्लाइडर ६३ वर्षीय रुसी इलगिज यागुदिन भने कास्कीकै मादी गाउँपालिकाको शिरखानीमा दुर्घटनामा परेका थिए । उनी रूखमा अड्किएका थिए।

    उनलाई स्थानीयवासीले उद्धार गरेका छन् । उनको अवस्था भने सामान्य रहेको छ । यागुदिन कुन कम्पनीबाट कम्पनीबाट उडेको भन्ने जानकारी आइनसकेको कास्की प्रहरीका प्रवक्त रवीन्द्रमान गुरुङले बताए।

    पोखरामा आइतबार मात्रै प्याराग्लाइडिङ्ग दुर्घटना हुँदा एक रोमानियालीको मृत्यु भएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij