आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बाजुरामा चट्याङ लागेर एकै परिवारका तीन जना घाइते

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २१, २०७५



  • बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ मैतोलमा गएराति १० बजेर ५५ मिनेटमा चट्याङ पर्दा एउटै परिवारका तीन जना घाइते भएका छन् ।

    घाइते हुनेमा २९ वर्षीया उजली नाथ, २१ वर्षीया निर्मला नाथ र २१ वर्षीय सञ्जय नाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते सबैको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरी नायब निरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिए ।

    आमाबुबाको मृत्युपछि दुई बहिनी विचल्लीमा 

    जिल्लाको बडीमालिका नगरपालिका–४ रिलामा दुई बहिनी विचल्लीमा परेकी छन् । बुबाआमाको मृत्युपछि पाँच वर्षीया बीपना दमाई र सात वर्षीया ज्योति दमाईं विचल्लीमा परेको स्थानीय नरेन्द्र नाथले बताए ।

    आमा मोतीकला दमाईंको चार वर्ष पहिले सुत्केरीको बेलामा मृत्यु भएको र बुबा लाल दमाईंको दुई महीना पहिला क्षयरोगका कारणले मृत्यु भएपछि दुई बहिनी विचल्लीमा परेको नाथले जानकारी दिए ।

    विचल्लीमा परेकाी दुबै ७० वर्षीय औला दमाईं बज्यैको साहरामा बस्दै आएकी छिन् । आमा र बुबा दुवै नभएका यी बहिनी विद्यालयसमेत जाँदैनन्, दुवैको उमेर विद्यालय जानेभन्दा बढी भइसक्दासम्म पनि आर्थिक अवस्था कमजोर भएकाले विद्यालय जान नसकेको औला दमाईंले बताए ।

    सात वर्षीया ज्योतिले भनिन्, “आमाको मृत्युपछि बुबा पनि बिरामी हुनुभयो, बिरामी भए पनि केही आशा त हुन्थ्यो, तर बुबानै मृत्यु भएपछि बेसाहारा बनेका हौँ । आफू अरुका बाख्रा हेरेर छाक टार्ने गरेको छौँ, बहिनीलाई बज्यैले मागेर पाल्ने गरेको छ ।”

    अरुका लुगाकपडामा मागेर लाउने गरेका छौँ, कुनै दिन त खाना नपाएर भोकै बस्ने गरेको उनले दुखेसो गरिन् । विद्यालय जाने रहर त थियो तर कापी, कलम र लुगा किन्ने पैसा नभए कारण विद्यालय जान नसकेको सात वार्षीया दमाईंको भनाइ छ ।

    बडीमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले विचल्लीमा रहेका ती दुई बहिनीको अवस्थाका बारेमा सोमबार स्थलगत अनुगमन गरेर जानकारी लिएकी छन् । ती दुई बहिनीको तत्काल उद्धार र संरक्षणका लागि पहल गर्ने उनले बताइन् ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij