प्रकाशित मिति : मङ्लबार, फाल्गुन २१, २०७५
काठमाडौं । २०५७ सालमा स्थापना भएका सिभिल होम्सले १ हजार एक घर बेचेको छ । यो संस्था हाउजिङ क्षेत्रमा ‘आईओएस’ प्रमाणपत्र पाउने नेपालको पहिलो संस्था हो।
सिभिल होम्सका अनुसार पहिलो फेजमा भैसेपाटीबाट सुरु भएको यात्रा कलंकी तिनथाना, सुनाकोठी, धापाखेल, खुमलटार, रामकोट–सितापाइला, हँुदै अहिले नवौँ फेजमा गोदावरी पुगेको छ।
यसको अलावा स्ुन्धारामा सिटिसी मल, सिभिल लक्जरीका साथै धापाखेलमा रहेको सिभिल अपार्टमेन्ट छन्। पछिल्लोपटक यस ग्रूपका अत्याधुनिक र क्षमतायुक्त सिभिल रेडिमिक्स कंक्रिट तथा प्रिकास्ट उद्योग गोदावरीमा संचालनमा आएको छ।
१८ वर्षको अन्तरालमा यस ग्रुपले सिभिल सेभिङ, सिभिल होम्स, सिभिल बैंक, सिभिल आरएमसी लगायत डेढ दर्जन बढीले सेवा दिइरहेका छन् । सिभिल होम्सले काठमाडौंमा एक कार्यक्रम गर्दै १ हजार एक घर किन्ने सेवाग्राहिलाई गोल्ड मेडलसमेत दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij