आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विप्लव नेतृत्वको नेकपाले गरेको बन्दले दाङ प्रभावित

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २३, २०७५



  • ????????????????????????????????????

    दाङ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका कारण बिहिवार बिहानैदेखि दाङको जनजीवन प्रभावित भएको छ ।

    बिहीबार दाङमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने स्कुल, कलेज र बजार पनि बन्द छन् ।

    गिरफ्तार भएका आफ्ना नेता कार्यकर्ताहरुको विना सर्त रिहाइ गर्न माग गर्दै उसले राप्ती बन्दको आह्वान गरेको जनाएको छ

    राप्ती ब्यूरो इन्चार्ज सुवासले एक प्रेस विज्ञप्ति जारी गरी देशैभर र राप्तीका विभिन्न जिल्लाबाट प्रहरी प्रशासनद्वारा गैरकानुनी र गैरलोकतान्त्रिक रुपमा गिरफ्तार, धरपकड, कुटपिट, मध्यरातमा आफ्ना नेता कार्यकर्ताहको घर खानतलासी, गालीगलौज, आतंकित पार्ने र रोल्पा, दाङलगायत जिल्लाहरुमा शान्तिपूर्ण रुपमा भइरहेका जनवर्गीय संगठनको सभा, सम्मेलन, भेला, कार्यक्रमहरुलाई प्रहरीद्वारा बिथोल्ने गतिविधि भैरहेकाले यस्ता गतिविधिको विरोध गर्दै बन्द आह्वान गरिएको विज्ञप्तिमा उल्लेख गरेका छन ।

    फागुन २० गते रोल्पा जिल्ला सदस्यहरु टिकाराम परियार, लाल बहादुर विक, नृतेन्द्र सेन र फागुन २१ गते शहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग अभिनन्दन कार्यक्रमबाटै दाङ जिल्ला पार्टी सचिवालय सदस्यहरु प्रदीप वली, इश्वरी पाण्डे र पार्टी जिल्ला सदस्य रुद्र वलीलाई गैरकानुनी ढंगले गिरफ्तार गरेको भन्दै विनासर्त रिहाइ गर्न मागसहित बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij