आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दु:ख लागिरहेको छ, आफ्नै सरकारलाई बिचरा भन्न परिरहेको छ : हृदयेश त्रिपाठी

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २३, २०७५



  • /fli6«o;efsf] bf];|f] clwj]zg z'? ;+3Lo ;+;b ejg gofF afg]Zj/df cfOtaf/b]lv z'? ePsf] /fli6«o;efsf] bf];|f] clwj]zgdf ;xefuL ;f+;bx? . tl:a/ M k|bLk/fh jGt,/f;;

    सांसद हृदयेश त्रिपाठीले सरकारले सम्बोधन नगरेकाले सांसदहरूले दर्ता गराएका सार्वजनिक महत्वको प्रस्ताव, संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्तावहरू त्यत्तिकै थन्किएको भन्दै संसदको प्रभावकारितामाथि प्रश्न उठाएका छन्।

    प्रतिनिधिसभाको बिहिबार बसेको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्।

    आफूले संकल्प प्रस्ताव दर्ता गराएको भए पनि सरकारले जवाफ दिन तयार नभएकाले प्रस्ताव त्यसै थन्केर बसेको उनले दाबी गरे।

    उनले भने ‘दु:ख लागिरहेको छ, आफ्नै सरकारलाई बिचरा भन्न परिरहेको छ।’

    यस्तै, उनले रेशम चौधरीलाई न्यायालयले न्याय नगरेको टिप्पणी गरे।

    उनले भने, ‘हाम्रा अदालतले फैसला गर्छन् ,न्याय गर्दैनन् भनेर एक जना पूर्व प्रधानन्यायाधीशले आजै मात्रै भन्नुभएको थियो। मलाई त्यो कुरा सही लाग्यो। फैसला मात्रै हुने रहेछ। न्याय नहुने रहेछ।’

    साथै, लामो समय बन्द रहेर सञ्चालनमा आएका चिनी मिल पनि बन्द हुने सूचना सार्वजनिक भएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए।

    उनले बन्द हुने सूचना प्रकाशित गरेका चिनिमिलमाथि अबिलम्व हस्तक्षेप गरी सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका हुन्।

    डेढ महिनापछि सञ्चालन भएका चिनी मिलहरू पुन: बन्द हुने सूचना सार्वजनिक भएको भन्दै उनले ती मिलहरूमाथि हस्तपक्षेप गरी सञ्चालनको व्यवस्था मिलाउन नसके हजारौं किसानहरू उखु जलाउन बाध्य हुने भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

    उनले उखु किसानका लागि सरकारले घोषणा अनुदानको पैसा किसानको हातमा नपुगेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij