आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कपिलवस्तुमा विप्लव समूहको ‘सैन्य शिविर’, ९ घन्टा प्रहरीको सर्च

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २३, २०७५



  • २३ फागुन, काठमाडौंं । अर्धभूमिगत नेत्र विक्रम चन्द ‘विप्लव’को घरलाई लक्षित गर्दै नेपाल प्रहरीले बिहीबार कपिलवस्तुको शिवराज नगरपालिका–९, सिम्बरी डाँडामा ९ घन्टा सर्च अभियान चलायो । यसक्रममा त्यहाँ पार्टी कार्यकर्ताहरुलाई सैन्य तालिम दिने गरिएको भेटिएको छ ।

    छापा हान्ने काममा खटिएका सुरक्षा अधिकारीहरुका अनुसार अपरेसनका क्रममा ‘सैन्य शिविर’ लेखिएको ब्यानर फेला परेका छन् ।

    एक अधिकारीले भने, ‘त्यहाँ सैन्य तालिम हुने गरेको हामीलाई सूचना थियो । निगरानी पनि गरेका थियौं । नभन्दै छापा हान्दा ब्यानरहरु भेटिएका छन् ।’

    प्रहरी प्रधान कार्यालयको कार्य विभाग, प्रदेश ५ प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु लगायतको टोलीले विप्लवको गाउँलाई लक्षित गरेर सूचना संकलन गरिरहेको थियो । त्यसक्रममा शिवराज नगरपालिकामा ठूलो परिमाणमा हतियार लुकाइएको सूचना पाएपछि टोली ‘मुभ’ भएको थियो ।

    अपरेसनका क्रममा प्रहरीले एक कार्यकर्तालाई खुट्टामा गोली हानेर पक्राउ गरेकाे छ । प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पिताम्बर अधिकारीले दुर्गाबहादुर रोकालाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।

    उनको घरबाट प्रहरीले दुई वटा एसएमजी हतियार, एउटा चाइनिज पेस्तोल र २०२ राउन्ड गोली बरामद गरेको छ । त्यस्तै, केही तार, रिमोट डिभाइस, डायरी, कागजपत्र र महत्वपूर्ण दस्तावेज बरामद भएको जनाइएको छ ।

    ‘दुर्गाबहादुरलाई नियन्त्रणमा लिने क्रममा गोली पनि चलाउनु परेको थियो । यद्यपि, अवस्था सामान्य छ’, अधिकारीले जलजलाखबरसँग भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

    प्रहरीले छापा हान्ने क्रममा विप्लव कार्यकर्ताले ठूलो संख्यामा विद्यार्थीलाई सडकमा निकालेर अवरोध गर्ने कोशिश गरेका थिए । यसक्रममा केही व्यक्ति त्यहाँबाट भागेको सुरक्षा अधिकारीहरु बताउँछन् ।

    प्रहरी अधिकारीहरुले गाउँमा हतियार अझै लुकाइएको हुनसक्ने आशंका गरेका छन् । ‘हाम्रो टोलीले अनुसन्धान गरिरहेको छ’, केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी भन्छन् ।

    स्रोतका अनुसार ११ फागुनमा ललितपुरको नख्खुमा भएको विष्फोटपछि सरकारी स्तरबाटै सुरक्षा निकायलाई विप्लव समूहप्रति आक्रमक नीति अख्तियार गर्न निर्देशन जारी भएको थियो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij