आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सिके राउतसँगको सहमति घोषणामा जे देखियो

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २५, २०७५



  • ‘प्रधानमन्त्रीको विशेष सम्बोधन’ भनी पत्रकार र कार्यकर्तालाई सूचना गरिएपछि आज बिहानैदेखि सो कार्यक्रमका विषयमा चासो उत्पन्न भएको थियो। कतिपय सञ्चारमाध्यमले स्रोत उल्लेख गर्दै प्रधानमन्त्री ओली र डा सिके राउतको एउटै मञ्चमा सम्बोधन हुने जनाएका थिए।

    प्रधानमन्त्री ओलीले ‘सरप्राइज’ दिने अनुमानसहित सामाजिक सञ्जालमा टिप्पणी गरिएपछि कार्यक्रमस्थल राष्ट्रिय सभागृहको हल तोकिएको समयअगावै भरिन थालेको थियो ।

    सुरक्षाकर्मीको कडा चेकजाँचसहित सहभागी र पत्रकार हलमा प्रवेश गरेको केही समयपछि प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र संयोजक राउत मञ्चमा एकैपटक प्रवेश गर्दा तालीको गडगडाहट छाएको थियो।

    सरकारका विभिन्न मन्त्रीहरु तथा नेकपा र गठबन्धनका नेतासमेत सहभागी कार्यक्रममा गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले सञ्चालन गरेर पृष्ठभूमि उल्लेख गरेपछि मात्रै कार्यक्रमको व्यहोरा स्पष्ट भएको थियो ।

    विसं २०६९ जेठ ८ गतेदेखि अर्धभूमिगत रही पृथकतावादी गतिविधि चलाइरहेको आरोप लागेका डा राउतको गठबन्धनसँग आज भएको राजनीतिक सहमतिलाई मुलुकलाई विकास र समृद्धिमा अघि बढाउन सन्दर्भमा ऐतिहासिक घटनाका रुपमा हेरिएको छ ।

    पछिल्लो समय गत मङ्सिर २० गते रौतहटबाट पक्राउ परेका राउत र सरकारबीच प्रधानमन्त्री ओलीको शनिबार रौतहटको गरुडामा हुने आमसभाको अघिल्लो दिन भएको छ । देश टुक्रयाउने खेल र ध्वंसात्मक गतिविधि गरेको अभियोग लागेको राउतले लोकतान्त्रिक विधि र शान्तिपूर्ण राजनीतिका माध्यमबाट अघि बढ्न तयार रहेको उद्घोष गर्नुले सरकारलाई एक प्रकारको राजनीतिक सफलता मिलेको छ ।

    अध्यक्ष दाहाल, नेकपाका महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसहित अधिकांश मन्त्रिपरिषद्का सदस्य उपस्थिति कार्यक्रममा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय नारी दिवस परेकाले उक्त कार्यक्रममा सहभागी महिलासहित आम जनसमुदायलाई शुभकामना व्यक्त गरे।

    एघार बुँदाको सहमति पत्रमा गृहमन्त्री रामबहादुर थापा र संयोजक राउतले हस्ताक्षर गरेपछि तस्वीर लिन पत्रकारलाई भ्याइनभ्याइ थियो । संयोजक राउतले आफ्नो जेल जीवनको अनुभव सुनाउँदै जेल सुधारका लागि सरकारको ध्यानाकर्षण गराउँदा हलमा हाँसो छाएको थियो । राउतले भनेका थिए, ‘हुन त १४ वर्ष जेल बसेका प्रधानमन्त्री ओलीका अगाडि मेरो जेल अनुभव सुनाउनु सूर्यका अगाडि बत्तीसरह हो तर मैले छोटो बसाईमा जेललाई पाठशाला ठानेँ । यसमा म नियतिलाई पनि धन्यवाद दिन्छु ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij