आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

६ जना मृत फेला

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २५, २०७५



  • काठमाडौं । काठमाडौं, खोटाङ, झापा, सप्तरी, कास्की र रुपन्देहीमा ६ जना मृत अवस्थामा फेला परेका छन् ।

    काठमाडौं महानगरपालिका–१६ बालाजु बाईसधारास्थित पानी ट्याङ्कीको खाली जग्गामा काठमाडौं गोंगबु बस्ने धादिङ गंगाजमुना गाउँपालिका घर भएका २६ वर्षीय गोपाल खत्री शनिबार दिउसो मृत अवस्थामा फेला परेका छन् ।

    खोटाङ, साकेला गाउँपालिका–५ बोफई बस्ने ४० वर्षीय हरिबहादुर खत्री घरदेखि करिब ५ सय मिटर टाढा शुक्रबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

    झापा, भद्रपुर नगरपालिका-४ स्थित माली सामुदायिक बनमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष शुक्रबार दिउसो मृत अवस्थामा फेला परेका छन् ।

    सप्तरी, अग्निसाइर कृष्णसवरन गाउँपालिका–६ मोहनपुरस्थित खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

    कास्की, पोखरा महानगरपालिका-३३ रातो पहिराघाटस्थित सेती नदीमा शनिबार बिहान हाल नाम, थर, वतन नखुलेकी करिब ४५ वर्षीया महिलाको शव फेला परेको छ ।

    रुपन्देही बुटवल उपमहानगरपालिका–३ चिडियाखोला बस्ने ६५ वर्षीय नारायण आत्रे आफ्नै घरको भान्सा कोठामा शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij