प्रकाशित मिति : सोमवार, चैत्र १८, २०७५
काठमाडौँ । नायक राजेश हमालले सञ्चालन गर्ने कार्यक्रम ‘को बन्छ करोडपति’ शनिबार, आइतबार र सोमबार एपीवान एचडीबाट प्रसारण हुन्छ।
कार्यक्रम एसआरबीएन मिडियाको सहप्रायोजन रहेको छ। कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फास्टेस्ट फिंगरको लागि चुनिनेछन्। यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्।
हिजो प्रसारित एपिसोड २३ का एक प्रतियोगी शुन्य रुपैयाँमा बाहिरिएका छन्। झापाका नविन शर्मा दाहालले ३ हजारका लागि सोधिएको तेस्रो प्रश्नमा लाईफ लाईन फोन फ्रेण्ड प्रयोग गरेका थिए।
लाईफ लाईनबाट आएको जवाफमा भर पर्दा उनी को बन्छ करोडपतिबाट बाहिरिएका हुन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij