आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुर्तीजन्य पदार्थ बोक्न र प्रयोग गर्न निषेध

  • प्रकाशित मिति : सोमवार, चैत्र २५, २०७५



  • विराटनगर । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा आइतबारदेखि मन्त्रालय र मातहतका कार्यालयका सेवाग्राही र कर्मचारीलाई कार्यालय परिसरमा सुर्तीजन्य पदार्थ बोक्न र प्रयोग गर्न निषेध गरेको छ।

    समाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालय परिसरमा सुर्तीजन्य पदार्थ निषेध गरेको घोषणा गरेका हुन्। मन्त्रालयलद्वारा आइतबार आयोजित कार्यक्रममा चुरोट, बिँडी, सिगार, तमाखु, हुक्का, सुल्फा, कच्चा सुर्ती, खैनी, गुट्खालगायतका सुर्तीजन्य पदार्थ सेवन गर्न र बोक्न निषेध गरिएको हो।

    मन्त्रालय प्राङ्गणको मूलढोकामा सुरक्षागार्डले मन्त्रालय आउने सेवाग्राही र कर्मचारीको सुर्तीजन्य पदार्थ जाँच गरी सुर्ती फाल्न गेटमा डस्टबिनको व्यवस्था गरिएको छ। मन्त्रालायले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ को प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले आइतबारदेखि यसको प्रभावकारी थालनी गरिएको जनाएको छ।

    मन्त्रालयमा आउने व्यक्तिको साथमा सुर्तीजन्य पदार्थ फेला परे मन्त्रालयमा लैजान नदिनुका साथै यस्ता पदार्थ भेटिएमा मन्त्रालयको गेटमै फाल्ने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता गोपी घिमिरेले जानकारी दिए।

    मन्त्रालयभित्र त्यस्तो पदार्थ साथमा भेटिए नियमअनुसार कारवाही हुने उनले जानकारी दिए। यसैगरी हिजोबाटै मन्त्रालयका सबै मातहतका सम्पूर्ण कार्यालयमा यस्ता पदार्थ लैजान रोक लगाइएको छ। त्यसैगरी प्रदेश भित्रका विद्यालय, स्वस्थ्य संस्थालगायतका अन्य स्थानमा सुर्तीजन्य पदार्थको सेवन रोक्ने कार्यको शुरु गरिएको छ।

    प्रदेशमा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्न कानून निर्माण गरिने भएको छ। कार्यक्रमको शुरुआतमा प्रदेशका ११ विद्यालय छनोट गरी त्यहाँ सुर्तिजन्य पदार्थको सेवनमा रोक लागाउने प्रतिबद्धता गराइएको छ।

    प्रदेशका १४ वटै जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुखले पनि सुर्तीजन्य पदार्थ बोक्न र प्रयोगमा निषेध गर्ने प्रतिबद्धता जनाएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij