आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बार्गेनिङ किङको नाममा परीचित पत्रकार निशान दाजु भट्टराई पत्रकार महासंघ दाङबाट निलम्बित ( विज्ञप्ति सहित )

  • प्रकाशित मिति : सोमवार, बैशाख २३, २०७६



  • निलम ओली , दाङ । बार्गेनिङ किङको रुपमा पारचित निशान दाजु भट्टराईलाई पत्रकार महासंघ दाङले साधारण सदस्यबाट निलम्बन गरेको छ ।

    आज बसेको पत्रकार महासंघको कार्यसमितिको बैठकले छानबिन समितिको सिफारीसका आधारमा व्यवसायीलाई आतंकीत पारी समाचारलाई बार्गैनिङ्गको हतियारका रपमा प्रयोग गर्दै आएको ठहर गर्दै भट्टराईलाई दुई महिनाका लागि साधारण सदस्यबाट निलम्बन गरीएको हो ।

    प्रशासनको आडमा बिभिन्न ब्यवसायीहरुलाई बार्गैनिङ्ग गरेको , एक तर्फी समाचार लखेर चरीत्र हत्या गरेको , पत्रकारीताको मूल्य र मान्यता भन्दा बाहिर गएर काम गरेको र आचारसंहिता उलंघन गरेको छानविन समितिले ठहर गरेको हो ।

    यसैगरी बिगत १ बर्ष देखी भट्टराईले जागरण अनलाईन न्यूज पोर्टललाई बार्गैनिङ्गको हतियार बनाएको , लैङ्गीक हिंसा गरेको, व्यवसायीलाई आतंकित पार्ने काम गरेको,कपोलकल्पित र भ्रामक समाचार लेख्नेगरेको आरोप सहित पत्रकार महासंघमा लिखित मुद्धा दायर गरीएको थियो ।

    जिल्लामा हुने बिभिन्न साँस्कृतिक कार्यक्रमहरुको आयोजक संग रकम असुल्ने गरेको पिडितहरुले छानबिन समिति समक्ष बयान दिएका थिए ।

    पत्रकार भटराईका बिरुद्ध परेका उजुरी माथी छानविन गर्न बनेको समितिले ६ महिनाका लागि निलम्बन गर्न सिफारीस गरे पनि महासंघ दाङ शाखाले २ महिना सम्म साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

    पत्रकार भटराई बिरुद्ध लिखित र मौखिक उजुरी तथा गुनासो आएपछि महासंघले पूर्ब अध्यक्ष सुदिप गौतमको संयोजकत्वमा छानविन समिति गठन गरेको पत्रकार महासंघ दाङ साखाका अध्यक्ष सविन प्रियासनले जलजलाखबरसँग बताउनु भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij