आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्री ओलीले बोलेको अमर्यादित शब्द हटाउन निर्देशन

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६



  • काठमाडौं। प्रधानमन्त्री केपी ओलीले बुधबार संसदमा सरकारको नीति तथा कार्यक्रममा सांसदहरुको प्रश्नको जवाफ दिँदा प्रयोग भएका अमर्यादित शब्द संसदको रेकर्डबाट हटाइने भएको छ। सभामुख कृष्णबहादुर महाराले शुक्रबार संसदको कारबाही शुरु गर्दा शुरुमै प्रधानमन्त्रीले बोलेका अमर्यादित शब्द हटाउन निर्देशन दिएका छन्।

    ‘मेरो ध्यानाकर्षणको विषयमा म केही भन्न चाहन्छु। नेपाल सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले स्पष्टिकरण तथा सदस्यहरुको जिज्ञासाको उत्तर दिने क्रममा प्रयोग भएका संसदीय मर्यादा अनुकुल नभएका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु,’ सभामुख महराले भने।

    नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलपछि सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिने क्रममा आक्रोश, कुण्ठा र निम्छरा शब्द प्रयोग गरेपछि प्रमुख प्रतिपक्षी दलका सांसदले ती शब्द संसदीय मर्यादा विपरित भएको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए। त्यसदिन सो बारेमा सभामुखले कुनै निर्देशन नगरेपछि कांग्रेसले बैठक अवधिभर नै नाराबाजी गरिरहेको थियो। नाराबाजीकै बीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको थियो।

    त्यसपछि प्रधानमन्त्री ओली काँग्रेसको निशानामा पर्दै आएका थिए। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार वीरगञ्जको एक कार्यक्रममा प्रधानमन्त्रीले संसदमा बोलेको विषयमा माफी माग्नुपर्नेसमेत बताएका थिए।

    काँग्रेसले सभामुख महराको भूमिकामाथि पनि प्रश्न उठाएको थियो। सभामुख महरामा सत्तारुढ दलको छायाँ परेको भन्दै संसदीय मर्यादा कायम गर्न सभामुखसँग माग गरेको थियो । संसदमा सभामुख र प्रतिपक्षीबीच सम्बन्ध खराब हुँदै गइरहेको बेला शुक्रबार भएको निर्देशनले संसदको वातावरण सुधार हुने अपेक्षा गरिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij