आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आधाजसो मन्त्रालयको प्रगति न्यून

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६



  • काठमाडौं, वैशाख २७ । चालू आर्थिक वर्षको ९ महिनासम्म पनि आधाजसो मन्त्रालयको भौतिक प्रगति न्यून देखिएको छ ।

    महालेखा नियन्त्रक कार्यालयको शुक्रबारसम्मको तथ्यांकअनुसार २१ ओटा मन्त्रालयमध्ये १२ ओटा मन्त्रालयको पुँजीगत खर्चको अवस्था ५० प्रतिशतभन्दा कम छ ।

    त्यसमध्ये विकासे मन्त्रालयको अवस्था नाजुक देखिएको हो । विकासे मन्त्रालयमा ऊर्जा मन्त्रालयको पुँजीगत खर्च ३७.५ प्रतिशतमात्रै भएको छ भने भौतिक पूर्वाधार ३७ प्रतिशतमात्रै छ ।

    पुँजीगत खर्चको हिसाबले श्रम मन्त्रालय सबैभन्दा कमजोर देखिएको छ । हालसम्म यस मन्त्रालयले ९.८ प्रतिशतमात्रै पुँजीगत खर्च गरेको कार्यालयले जनाएको छ ।

    खानेपानी मन्त्रालयको प्रगति पनि उस्तै कमजोर देखिएको छ । यस मन्त्रालयले हालसम्म १८ प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ ।

    १७ अर्ब ९४ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म तीन अर्ब २८ करोडमात्र खर्च गरेको छ ।

    हालसम्म ५० प्रतिशतभन्दा कम पुँजीगत खर्च गर्ने मन्त्रालयहरुमा महिला तथा बालबालिका, कानुन, कृषि, पर्यटन, वन, उद्योग, स्वास्थ्य तथा जनसंख्या छन् ।

    ५० प्रतिशतभन्दा बढी पुँजीगत खर्च गर्ने मन्त्रालयहरुमा गृहले ७२ प्रतिशत, परराष्ट्रले ७० प्रतिशत, युवा तथा खेलकुद ६८, शिक्षा ५८, स्थानीय विकास ६०, रक्षा ७९, सन्चार ६२ प्रतिशत रहेको छ ।

    विकासका योजनामा स्थानीय विवाद, निर्माण कम्पनी, राजनीतिक पहुँचको आधारमा बिनाअध्ययन परियोजना छनोटलगायतका कारण पुँजीगत खर्च हुन नसकेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रवक्ता जगन्नाथ देवकोटा ‘लो विडिङ’ एवं सहायक ठेकेदारको कारणले पनि आयोजना सम्पन्न नहुने र पुँजीगत खर्च बढ्न नसकेको बताउँछन् ।

    कतिपय आयोजनाहरुको भौतिक प्रगति भएपनि वित्तिय भुक्तानी समयमै नभइसकेकाले पनि पुँजीगत खर्च कम देखिएको उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij