प्रकाशित मिति : आइतवार, बैशाख २९, २०७६
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नर्सहरुमाथि श्रम शोषण गर्ने अस्पतालहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
मन्त्री विष्टले श्रम शोषण गरिरहेका अस्पतालहरुको विवरण सरकारलाई बुझाउन पनि पीडित नर्सहरुलाई आह्वान गरे।
आईतबार अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने अस्पतालहरुलाई श्रम ऐन अन्तरगत कार्वाही गर्ने पनि स्पष्ट पारे।
मन्त्री विष्टले श्रम ऐनले तोके बमोजिम पारिश्रमिक तथा सेवा, सुविधा नदिने सरकारी÷गैरसरकारी सबै संस्थाहरुलाई कार्वाहीको दायरामा ल्याउने प्रतिवद्धता पनि व्यक्त गरे।
मन्त्री विष्टले पीडित पक्षले दिएको उजुरीको आधारमा न्यूनतम पारिश्रमिक समेत नदिने केही अस्पतालहरुलाई कार्वाहीको दायरामा ल्याइएको पनि स्मरण गराए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij