आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सोनिया र प्रियंकाद्वारा दिल्लीमा मतदान

  • प्रकाशित मिति : आइतवार, बैशाख २९, २०७६



  • नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसका प्रभावशाली नेतृद्वय सोनिया गान्धी र प्रियंका गान्धीले आइतबार दिल्लीमा मतदान गरेका छन्।
    भारतमा भइरहेको लोकसभा निर्वाचन अन्तर्गतको छैठौँ चरणको मतदानका दिन उनिहरुले मतदान गरेका हुन्।

    आमा सोनिया र छोरी प्रियंकासँगै प्रियंकाका श्रीमान् रोबर्ट वद्राले पनि मतदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । काँग्रेस महासचिव समेत रहेकी प्रियंकाले लोकतन्त्र बचाउने पक्षमा आफुले मतदान गरेको प्रतिक्रिया दिइन् । आइतबार उत्तर प्रदेशका १४, हरियाणाका दश, मध्यप्रदेश, बिहार र पश्चिम बंगालका आठ–आठ, नयाँ दिल्लीका सात र झारखण्डका चार निर्वाचन क्षेत्रमा मतदान भएको छ ।

    भारतमा गत अप्रिल ११ देखि यस पटकको लोकसभा निर्वाचन भइरहेको छ । सात चरणमा हुने केन्द्रीय निर्वाचनको अन्तिम चरण यही मे १९ मा सम्पन्न हुनेछ । यसअघि अप्रिल १८ मा दोस्रो चरणको, अप्रिल २३ मा तेस्रो चरणको, अप्रिल २९ मा चौथो चरणको र यही मे ६ तारिखका दिन पाँचौँ चरणको निर्वाचन भएको छ ।

    आगामी मे १९ तारिखका सातौं तथा अन्तिम चरणको निर्वाचन भएको चार दिनपछि अर्थात आगामी मे २३ मा मतगणना हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij