प्रकाशित मिति : बिहिबार, जेष्ठ २, २०७६
काठमाडौँ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काडमाण्डौ उपत्यकामा बढ्दो यातायात चापलाई सहज तुल्याउन विद्युतीय बससेवा सञ्चालन तथा सुरुङमार्ग निर्माण गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेको जानकारी दिएका छन्।
प्रदेशसभाको बुधबारको बैठकमा उनले भीमफेदी–काठमाडौँ जोड्ने सुरुङमार्गको निर्माण कार्यलाई सञ्चालनमा ल्याउन चिनियाँ लगानीकर्तासँग वार्ता भएको र उनीहरु छिट्टै काठमाडौँ आई लगानीका विषयमा छलफल गर्ने तयारीमा रहेको बताए।
मुख्यमन्त्री पौडेलले राष्ट्रपति विद्यादेवि भण्डारीको चीनको राजकीय भ्रमणको सिलसिलामा सो टोलीमा आफू पनि सहभागी भएको प्रदेशसभाको बैठकलाई जानकारी दिँदै उनले चीन सरकार र प्रदेश नं ३ सरकारको बीचमा चिनियाँ सरकारी पक्षसँग सम्झौता भएको जानकारी गराए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij