आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मन्त्री र सांसदलाई पदबाट हटाउन माग

  • प्रकाशित मिति : शनिबार, जेष्ठ ११, २०७६



  • काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले जनतासँग गरिएको प्रतिबद्धता अनुसार काम नगर्ने सांसद र मन्त्रीहरुलाई पदबाट हटाउन माग गरेको छ ।

    स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले शनिबार काठमाडौंमा एक कार्यक्रम गरी जनतासँग गरिएको प्रतिबद्धता पूरा नगर्ने सांसद तथा मन्त्रीहरुलाई पदबाट हटाउन सरकारसँग माग गरेको हो । काम नगर्ने तर पदमा रहिरहने सांसद तथा मन्त्रीहरुलाई पदबाट हटाउन माग गरिएको अभियानका संयोजक स्वागत नेपालले जानकारी दिए ।

    अभियानले स्रोत नखुलेको नेताहरुको सम्पत्ति तत्काल राष्ट्रियकरण गर्न पनि सरकारलाई दवाव दिँदै आएको छ । नयाँ भन्ने तर पूरानै तौरतरिकाले चलेर मुलुक नबन्ने उल्लेख गर्दै अभियानका संयोजक नेपालले त्यस्ता राजनीतिक दलहरुको विकल्प खोज्न पनि सर्वसाधारणलाई अपिल गरे ।

    अभियानले संघीयताको नाममा दोहोरो कर लगाएर जनतालाई मारमा नपार्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij