प्रकाशित मिति : आइतवार, जेष्ठ १२, २०७६
काठमाडौं । आइतबार देशभरका अदालत बन्द हुने भएका छन्। पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आज देशभरका अदालत बन्द हुने भएका हुन्।
हिजो शनिबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले शोकमा पूर्व न्यायाधीशको निधनको शोकमा आइतबार सर्वोच्च अदालतसहित देशभरका उच्च अदालत, जिल्ला अदालत तथा विशेष अदालत बन्द गर्ने निर्णय गरेको हो ।
त्यस्तै न्यायाधीकरणहरू पनि बन्द गर्ने निर्णय गरेको सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश खत्रीको असामयिक निधनबाट न्याय, कानुन र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख छ।
सर्वोच्च अदालतको न्यायाधीश र प्रधानन्यायाधीशको रूपमा लामो समयसम्म सेवा गरेका खत्रीको बुधबार निधन भएको थियो। खत्री २०३३ सालमा प्रधानन्यायधीमा नियुक्त भई २०४२ सालमा सेवानिवृत्त भएका थिए। उनले २०१६ सालमा सर्वोच्च अदालतको न्यायाधीश पदबाट सेवा सुरु गरेका थिए।
खत्रीको पार्थिव शरिरलाई शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ। उनको जन्म वि।सं। १९८० असोज तीन गते ललितपुरमा भएको थियो।
सर्वोच्च अदालतको विज्ञप्ती

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij