प्रकाशित मिति : आइतवार, जेष्ठ १२, २०७६
काठमाडौं । आफूलाई पूर्व प्रहरी भन्दै ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँची जिल्ला घर भएका दुई युवा काठमाडौंको जमलबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा अर्घाखाँची सितापुर–६ घर भएका ३० वर्षीय हरिलाल खनाल र सोही ठाउँस्थित पिप्रा बस्ने १९ वर्षीय कपिल रिजाल रहेको महागरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।
वनस्थलीमा सनराइज बेकरी सप संचालन गर्ने नुवाकोट विदुर नगरपालिका–७ रातमाटे घर भएका विनोद नेपाललाई जेठ ६ गते पूर्व प्रहरी हुँ भनि १ लाख रुपैयाँ ठगी गरी हरिलाल र कपिल फरार भएको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गर्न वृत्तबाट खटिएको प्रहरीले जमलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका खनाल र रिजालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij