आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इजाजत–पत्र सरकारलाई बुझाउँदै निर्माण व्यवसायीहरु

  • प्रकाशित मिति : बुधबार, जेष्ठ १५, २०७६



  • काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद (छै्रठौं संशोधन) नियमावली–२०७५का केही बुँदाहरुको विरोध स्वरुप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

    महासंघ कार्य समितिको बैठकले सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको महासंघका प्रवक्ता टंकप्रसाद चौलागाई जानकारी दिए। चौलागाईका अनुसार अब व्यवसायीहरुले नेपाल सरकारबाट आह्वान भएका तथा हुने सम्पूर्ण बोलपत्रहरु बहिष्कार गर्दै इजाजत पत्र समेत नेपाल सरकारलाई बुझाउने भएका छन्।

    व्यवसायीहरुले आ–आफ्नो इजाजत पत्र महासंघ मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई र सम्बन्धित् जिल्ला संघले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई महासंघले तोकेको दिनमा बुझाउने भएका छन्।

    यसै बीच महासंघले सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली २०७५ का केही बुँदाहरुको विरोधमा थप संघर्षका कार्यक्रमहरु तय गर्नको लागि यही जेठ २२ मा राष्ट्रिय भेला बोलाएको छ।

    प्रदेश महासंघ र जिल्ला संघहरुबाट अध्यक्ष, महासचिव सहित ३ जनाको अनिवार्य उपस्थिति हुने गरी भेलाको कार्यक्रम तय गरिएको महासंघका प्रवक्ता चौलागाईले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij