प्रकाशित मिति : बिहिबार, जेष्ठ १६, २०७६
अर्थमन्त्री डा युवराज खतिवडाले चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य फेरि घटाएका छन्। उनले आगामी वर्षको बजेट प्रस्तुत गर्दै चालु वर्ष कूल राजस्व ८ खर्ब ६० अर्बमात्र संकलन हुने अनुमान गरेका छन्।
शुरुरमा ९ खर्ब ४५ अर्ब राजस्व उठाउने लक्ष्य लिएका खतिवडाले मध्यावधि समिक्षाबाट ९ खर्ब १७ अर्ब राजस्व उठाउने लक्ष्य लिएका थिए। यद्यपी वैशाखसम्म उक्त लक्ष्यको तुलनामा पनि अत्यन्तै न्यून राजस्व उठेपछि घटाउने निर्णयमा खतिवडा पुगेका छन्।
खतिवडाले आगामी वर्षमा ११ खर्ब १२ अर्ब राजस्व उठाउने लक्ष्य लिएका छन्। त्यसमध्ये संघीय सरकारको कोषमा जम्मा हुने राजस्व भने ९ खर्ब ८१ अर्बमात्र हुने छ। १ खर्ब ३०् अर्ब स्थानीय तह र प्रदेशमा राजस्व बाँडफाँडबाट जाने छ।
कूल राजस्व शुरुवाति लक्ष्यको १७ प्रतिशत बढी हो। संसाेधित अनुमानको तुलनामा यो लक्ष्य २९ प्रतिशत बढी हो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij