प्रकाशित मिति : बिहिबार, जेष्ठ १६, २०७६
काठमाडौं । “एकाविहानै डोजर लाए, आफ्नै आँखा अगाडि यस्तो भयो, सबै बारहरु भत्काए ।”
कलाकार सिताराम कट्टेल धुर्मुसले आँखाभरि आँसु पारेर रुदै भने, “यो कुनै ठूलो इसु नै थिएन, सुचारु भइरहेकै बाटो हो, हामीले सबैलाई एक ठाउँमा राखेर छलफल गरिसकेको हो, यो रङगशालालाई पनि बाटाे चाहिन्छ, डिपिआर आएपछि अझै फाइनल गरौंला, कति बाटो छोड्नुपर्छ ?” घरपरिवार सबै छोडेर समाज देशका लागि लाग्दा पनि यस्तो भोग्नुपरेको भन्दै उनी रोए ।
धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा बनाइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको टिनको बार स्थानीयले भत्काएका छन् । बुधबार बिहानै स्थानीयले डोजर लगाएर भत्काइएकोमा धुर्मुस रोएका हुन् । कृषि तथा वनविज्ञान विश्वविद्यालयको जग्गामा निर्माणाधीन रंगशालाको तारबारको हालत यस्तो भएको हो । धुर्मुसले कार्यलाई राजनीतिबाट प्रेरित भएर घटना भएको आरोप लगाएका छन्भ ।
विदेशी भूमिमा पसिना बगाइरहेका दाजुभाइहरुलाई सम्झदै धुर्मुस भकानिए । विदेशमा बस्ने सहयोगीहरुको पसिनामाथि डोजर लगाइएको भन्दै झन बढी भाबुक भए उनी । यहाँ काम गर्ने कर्मचारिहरुलाई पनि बारम्बार धम्क्याइएको गुनासो गरे । हाम्रो मेसिन किन नलगाएको, हाम्रा मानिसहरुलाई किन काम नदिएको, हामीलाई नसोधी कसरी बनाउँदारहेछौं भन्दै बारम्बार धम्की आएको पनि उनले गुनासो सुनाए ।
उनले रंगशाला निर्माणमा खटिएका कामदारालाई धम्कीसमेत आउने गरेको बताएका छन् । फाउन्डेसनले मंगलबारमात्र रंगशालाको जग्गालाई बार लगाएको थियो । अहिले धुर्मुसका शुभचिन्तकहरुले समाजिक सञ्जालमा रङगशालाका पक्षका अभियान सुर गरेका छन् । घटनामा संलग्न १६ जनालाई अहिले प्रहरीले पक्राउ गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij