आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अभिनेत्री सरिता लामिछानेलाई आयो धम्की

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २२, २०७६



  • काठमाडौं – अभिनेत्री सरिता लामिछानेले आफुलाई विभिन्न किसिमको धाकधम्की आउने गरेको बताएकी छन् । राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै उनले सो जानकारी दिएकी हुन् ।
    आगामी २५ गते शनिबार हुन लागेको नेपाल चलचित्र कलाकार संघको साधारणसभामा अध्यक्ष पदको उमेद्वारी दिएकी लामिछानेले आफु असुरक्षित महशुस भएको बताएकी छन् ।

    ‘२० बर्षभन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा लागेपनि आफूलाई गैह्र कलाकारको आरोप लगाइएको छ’ पत्रकार सम्मेलनमा सरिताले भनिन् ‘ आफ्नो एजेन्डा राख्दै भनिन् ‘तीन बर्ष महासचिव म के हैसियतले भएँ ? देश वा विदेशमा जाँदा मलाई तमाम नेपालीहरुले सरिता लामिछाने भनेर के आधारमा चिन्नुहुन्छ, म ती मुद्दावालाहरुलाई सोध्न चाहन्छु ।’

    कार्यक्रममा लामिछानेले आफ्नो पीडा दुखेसो, एजेन्डा र गुनासो सबै राखेकी छन् ।  गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा लगायतको उपस्थिति रहेको कार्यक्रममा उनले थपिन् ‘चुनावमा हार वा जीत हुन्छ । तर प्रतिस्पर्धा गर्न पाउने अधिकार कसैले पनि खोस्न मिल्दैन ।’

    कार्यक्रममा उनले चलचित्र कलाकार संघलाई एक भवन दिने एजेन्डा समेत प्रस्तुत गरेकी छन् ।

    प्रेस विज्ञप्ती
    आदरणिय सञ्चारकर्मी मित्रहरु
    उपस्थितिकालागी हार्दिक नमस्कार ।
    उपस्थित अग्रज कलाकार, मेरा शुभचिन्तक र सहयोद्धा मित्रहरुलाई पनि म स्वागत गर्दछु ।

    विषय– म माथि हुँदै आएका ज्यादतीका वारेमा जानकारी गराउने उद्धेश्य ।

    सञ्चारकर्मी मित्रहरु, यही जेठ २५ मा नेपाल चलचित्र कलाकार संघको चुनावी साधारणसभा हुँदैछ । र, मैले अध्यक्षको रुपमा उम्मेदवारी दिएको समाचार यहाँहरुले प्रकाशित पनि गरिसक्नु भएको छ । चुनावी प्रतिस्पर्धाको तीन दिन अघि म आफ्ना मतदाता भेट्दै र आफ्ना एजेन्डा सुनाउँदै चुनावी माहोल वनाउन सक्रिय हुनुपर्ने वेलामा आफूमाथि भएका ज्याजती सुनाउँदै हिड्नु परिरहेको छ । पत्रकार मित्रहरु, एउटा उम्मेदवारकालागी यो निश्चय नै दुःखद पक्ष हो । तर, म माथि भइरहेका ‘ह्या¥यासमेन्ट’का प्रयासहरु झनै दुःखद छन् ।

    मैले भनिरहनु पर्दैन की म दुई दशकदेखि चलचित्रकर्ममा सक्रिय छु । अर्को पेशा नगरी र नसोचिकनै मैले यसै क्षेत्रवाट प्राप्त आम्दानीले गुजारा चलाउँदै आएकि छु । यस क्षेत्रवाट मैले मनग्गे मान–सम्मान र आदर–सत्कार कमाएको महसुस समेत गरेकी छु ।

    अभिनय कलाका साथै नेपाल चलचित्र कलाकार संघको महासचिव भएर तीन बर्ष गुजारिसकेको पनि मैले यहाँहरुलाई पक्कै भनिरहनु पर्दैन । मैले सार्वजनिक जीवनमा निर्वाह गरेको भूमीका यिनै दुईवटा हुन् । तर, नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएपछी भने मैले धेरै किसिमका धाकधम्की र बेइजती सहिरहनु परेको छ । अझ विभिन्न घटनाक्रमहरुले आफ्नो ज्याननै असुरक्षित भएको महसुस गर्न थालेकी छु ।

    संघको अध्यक्षमा चुनाव लड्ने निर्णय लिएपछी सिडियो कार्यालयमा सरिता लामिछाने कलाकार नै होइन भनेर मुद्धा हालियो । तीन बर्ष महासचिव म के हैसियतले भए ? देश वा विदेशमा जाँदा मलाई तमाम नेपालीहरुले सरिता लामिछाने भनेर के आधारमा चिन्नुहुन्छ म ती मुद्धावालाहरुलाई सोध्न चाहान्छु ।

    अर्को बिडम्बना के छ भने एक पटक सम्पूर्ण प्रमाणहरु पेश गरिसकेपछी फेरि–फेरि उही शैलिका मुद्धा परिरहे सिडियो कार्यालयमा । मैले घर–परिवार, काम सवै छोडेर त्यही अनावश्यक मुद्धाको सामना गरिरहनु प¥यो । बरिष्ठ चलचित्रकर्मीहरु सम्मिलित छानमिन समितिले आफ्नो प्रतिवेदन बुझाइसकेपछी र सिडियो कार्यालयले मलाई ‘क्लिन चिट’ दिइसकेपछी पनि अनेकौं अर्नगल प्रचार र धाकधम्की दिन छोडिएन । ‘नोमिनेशन’ गर्ने दिनमा समेत संघको कार्यालयमा आएर हुलहुज्जत गरियो ।

    निवर्तमान कार्यसमितिमा सदस्य रहेका र सचिवका उम्मेदवार समेत रहेका कलाकारमाथि कुटपिट गरियो । मलाई समेत मनपरी गाली गरियो । र, उल्टै पुलिस बोलाएर हामी माथि लाल्छना लगाईयो । प्रहरीले हामीलाई थाना बोलायो, बयानकालागी  । त्यो दिन पुलिसको पछी लाग्दा लाग्दै सकियो । त्यससँगै पटक पटक र विभिन्न निकायमा चुनाव रोक्नकोलागी र सरिता लामिछानेको उम्मेदवारी खारेज गर्न निवेदन र विभिन्न धम्कीहरु दिइरहियो ।

    अध्यक्षमा ‘नोमिनेशन’ गरेसँगै म माथि निगरानी समेत बढाइएको छ । म हिडेपछी मोटरसाइकल मार्फत मुस्तन्डेहरुले पछ्याउन थालेका छन्, घर नै सम्म । अस्तीको दिन साँझ घर नं टिप्न दुईजना आएका थिए । छोटकरीमा भन्दा मलाई प्रत्यक्ष पनि र अप्रत्यक्ष पनि तर्साउने प्रयास भइरहेको छ ।

    चुनावमा प्रतिस्पर्धा हुन्छ र रिजल्ट हारजीतमा आउँछ । यो सामान्य प्रक्रिया हो । जो म हृदयदेखि नै स्वीकार्न तयार छु । मैले जित्नै पर्छ भन्ने छैन । तर प्रतिस्पर्धा गर्न पाउने मेरो अधिकार खोस्ने छुट कसैलाई छैन भन्ने मलाई लाग्छ । म राजनीतिलाई सम्मान गर्छु । तर, कलाकार–कलाकारलाई फुटाउने पार्टीगत राजनीति हावी भएको संघ पटक्कै सोच्न सकिदैन ।

    पत्रकार मित्रहरु, मलाई के पनि लाग्छ भने ती केही दुसित मानसिकता भएकाहरु एउटी महिला नेतृत्वमा आएको हेर्न चाहादैनन् । आइमाइ हो, तर्साएर खेद्नुपर्छ भन्ने मानसिकताले उनीहरु काम गरिरहेका छन् भन्ने मलाई लाग्छ । मलाई घर वाहिर र भित्र पनि अपराधी बनाउने कोशिस भइरहेको छ, पत्रकार साथीहरु । सिडियो कार्यालय र पुलिसकहाँ धाउँदा छोरीले सोध्छिन् ‘आमा के अपराध गरेऊ’ ? पत्रकार मित्रहरु, भन्नुहोस् म छोरीलाई के जवाफ दिउँ ? घर नेपालगञ्जवाट ८६ बर्षका ससुराबाले यही प्रश्न गर्नुहुन्छ ? झापावाट बुवा–आमाले यसै प्रकारका प्रश्न गर्नुहुन्छ । म क–कस्लाई के जवाफ दिऊँ, मलाई सुझाव चाहियो । के मैले कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिनु नै अपराध हो ?

    अन्त्यमा, प्रजातान्त्रिक प्रक्रिया, मानवअधिकार, महिलाअधिकार र समग्रमा नैसर्गिक अधिकारका सिद्धान्तभन्दा  वाहिर गएर जुन चरित्र र संस्कार एउटा कोणवाट म माथि प्रदर्शन गरिदैछ, त्यसको सामना कसरी गरुँ ? मलाई सुझाव चाहियो । म माथिका यी ज्याजतीलाई म कसरी चिरुँ ? सल्लाह चाहियो । यहाँहरुवाट मैले प्रश्नसँगसँगै सुझाव–सल्लाहको अपेक्षा समेत गरेकीछु ।  धन्यबाद
    रातोपाटीबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij