आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौंमा नेहा कक्करको कन्सर्ट आयोजक पक्राउ

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २६, २०७६



  • काठमाडौं । काठमाडौंमा गत शनिबार भएको बलिउड गायिका नेहा क्ककरको कन्सर्टका आयोजक पक्राउ परेका छन् ।

    नेहा कक्करको कन्सर्ट गरिएको ठमेलस्थित लर्ड अफ ड्रिंग्स क्लबमा हल क्षमताभन्दा बढी टिकट बिक्री गरेको उजुरीका आधारमा इभेन्ट आयोजक दीपक घिमिरे पक्राउ परेको प्रहरीले जनाएको छ ।

    अतिथि गायिकाको सुरक्षा समेत ख्याल नगरी अत्यधिक टिकट बिक्री गरेपछि घिमिरेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    नेहाको कन्सर्ट भएको क्लबको सबै स्थानमा मान्छेको ठूलो घुइँचो रहेको थियो । टिकट काटेका ठूलो संख्यामा दर्शकहरु कन्सर्ट हेर्न नपाएर फर्किएका थिए । उनीहरुको उजुरीका आधारमा प्रहरीले घिमिरेलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका घिमिरेले कन्सर्ट हेर्न नपाएका दर्शकको पैसा फिर्ता गरिदिने बताएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij