आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउन नेपाल जापान महोत्सव

  • प्रकाशित मिति : सोमवार, असार २, २०७६



  • काठमाडौं। जापानको नागोयामा पहिलो पटक नेपाल महोत्सव २०१९ आयोजना गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउने उद्देश्य साथ जापानस्थित नेपाली दूतावास र एनआरएनएन नागोयाको सयुक्त आयोजना नेपाल महोत्सव २०१९ गरिएको हो।

    नेपाल महोत्सव अपेक्षा गरेभन्दा बढी सफल भएको आयोजकले जनाएका छन्। जुन १५ र १६ तारिकका दिन साकाय स्थित हिसाय दोहोरी पार्कमा गरिएको महोत्सवमा त्यहाँस्थित नेपाली र जापानी नागरिक अवलोकनकर्ताहरुको उल्लेख्य भीड लागेको थियो।

    महोत्सवले दुई देशबीचको सम्बन्ध थप प्रगाढ़ बनाउनुको साथै नेपाल भ्रमण वर्ष २०२० लाई ठूलो टेवा पुर्याएको महोत्सव संयोजक पारसमणि पोख्रेलले बताए। अवलोकनकर्ताहरुलाई नेपालको विशेषताबारे जानकारी गराउँदै भ्रमण बर्षको निम्ता पनि दिएको उनले बताए।

    महोत्सवमा नेपाली कला संस्कृति, परम्परागत झाँकीहरू, रहनसहन, खाना, गीत संगीत लगायतका ३२ वटा स्टल राखिएको थियो। समग्र नेपालको विशेषता दर्शाउँदै भ्रमण वर्ष  २०२० मा जापानीज नागरिकलाई निमन्त्रणा गर्ने सवालमा महोत्सव सफल त्यहाँस्थित विष्णुप्रसाद घिमिरेले जानकारी दिए।

    नागोयामा क्रियाशील नेपाली संघसस्थाहरु सह–आयोजकको रुपमा सहभागी थिए।  महोत्सवमा २ तलाको नेपाली बाटुले घर मुख्य आकर्षणको रुपमा रहेको थियो। त्यसैगरी नेपाली धर्म र संस्कृति झल्काउने बाजागाजा, विभिन्न जातजातिका विशेषता झल्काउने पोशाक, खानाका परिकार लगायतका स्टल थिए।

    महोत्सवअवधिभर विभिन्न जातिय भेषभुषामा सजिएका युवा युवतीले हामी नेपाली हो भन्दै र्याली निकालेका थिए। जातीय विशेषता अनुसारका भेषभुषामा गरिएको र्याली पनि महोत्सवको आकर्षक बनेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij