आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गुठी विधेयक खारेज गर्नुपर्ने माग गर्दै राजधानीमा प्रदर्शनको तयारी

  • प्रकाशित मिति : बुधबार, असार ४, २०७६



  • काठमाडौं। चौतर्फी विरोधभएपछि सरकारले गुठी सम्बन्धि विधेयक फिर्ता लिएपनि गुठी विधेयक विरुद्धको आन्दोलन भने रोकिएको छैन। मंगलबार भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले गुठी सम्बन्धी विधेयक फिर्ता लिएको घोषणा गरेकी थिइन्।

    ‘विधेयकलाई लिएर सर्वसाधारणमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सम्बन्धित सरोकारवालासँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको हुँदा राष्ट्रिय सभामा पेस भएको उक्त विधेयक फिर्ता लिने निर्णय गर्दछु,’ मन्त्री अर्यालले विधेयक फिर्ता लिँदै भनिन्।

    तर आन्दोलनमा होमिएका गुठीयारहरुले भने विधेयक खारेज गर्नुपर्ने माग गर्दै आन्दोलन जारी राख्ने बताएका छन्। गुठीयारहरुले बुधबार राजधानीमा प्रदर्शन गर्दैछन्। उपत्यकाका विभिन्न स्थानबाट माइतीघर मण्डलामा आन्दोलनकारी भेला भएका छन्।
    भक्तपुर, ललितपुर र काठमाडौंबाट स्वतस्फूर्त रुपमा निस्कने र्यालीपछि माइतीघरमा विरोध एवं खबरदारी सभाको आयोजना गरिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij