आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अदालतको फैसला – ‘वीर्यदाता नै कानुनी पिता, उसैलाई बच्चाको भविष्य तय गर्ने अधिकार’

  • प्रकाशित मिति : बुधबार, असार ४, २०७६



  • सिड्नी। अस्ट्रेलियाको हाइकोर्टले वीर्य दान गर्ने व्यक्तिलाई नै बच्चाको कानुनी पिता भएको ठहर गरेको छ । फैसलाअनुसार वीर्यदान गर्ने ती व्यक्तिलाई बच्चाको पिताको हैसियतमा सबै फैसला गर्ने अधिकार हुनेछ । वीर्य दाता रोबर्ट (नाम परिवर्तन)ले २००६ मा आफ्ना समलिंगी साथीलाई वीर्य दान गरेका थिए । यसअघि तल्लो अदालतले यस विषयमा रोबर्टविरुद्ध फैसला गरेको थियो ।

    यो विषयमा विवाद तब सुरु भएको थियो जब यी बालिकाकी आमाले आफ्ना समलिंगी पार्टनरसँग न्यूजिल्याण्ड जाने निर्णय गरिन् । रोबर्टले आमाको यो फसलाविरुद्ध अदालतमा निवेदन दिए । तल्लो अदालतमा लामो सुनुवाइ चल्यो । त्यसपछि अदालतले बालिकामाथि अधिकार केवल उनकी आमाको हुने फैसला गर्यो । त्यसपछि रोबर्टले यो फैसलाविरुद्ध हाइकोर्टमा अपिल गरे ।

    बुधबार हाइकोर्टले तल्लो अदालतको फैसला उल्ट्याइदियो । न्यायाधीश मारग्रेट क्लेरीले तल्लो अदालतको फैसला सरासर गलत भएको ठहर गरिन् । न्यायाधीशका अनुसार बालिकाको जन्म प्रमाणपत्रमा रोबर्टको नाम छ र यी दुई बाबुछोरीको सम्बन्ध निकै आत्मीय छ । रोबर्ट बालिकासँग बस्दैनन् तर उनको सबै खर्च उठाइरहेका छन् । त्यसैले उनलाई नै वास्तविक पिता मानिनेछ ।

    अदालतले यो पनि भनेको छ कि रोबर्टसँग बालिकाको भविष्य तय गर्ने अधिकार हुनेछ । रोबर्टलाई बालिकासँग भेट्न समस्या नहोस् भन्नका लागि आमा बालिकासँग अस्ट्रेलियामै बस्नु पर्नेछ । यद्यपि यो फैसलालाई भविष्यको लागि नजीर मानिनेछ वा छैन भन्ने स्पष्ट हुन सकेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij