आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

त्रिविका सयहायक डिन ५० हजार घुससहित पक्राउ

  • प्रकाशित मिति : बुधबार, असार ४, २०७६



  • काठमाडौं । त्रिभुवन विश्व विद्यालयका एकजना डीन घुससहित बुधबार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार त्रिवि विज्ञान संकायका सहायक डिन प्रोफेस डाक्टर शम्भुप्रसाद पटेललाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

    कलेजको सम्बन्धका लागि घुस मागेको उजुरीपछि पछ्याएको अख्तियारले बुधबार उनलाई पचास हजार घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित किर्तिपुर ट्यङ्लाफांट स्थित स्टिकस फास्ट फुड एन्ड क्याफेबाट नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

    अख्तियारको विज्ञप्तिः
    मिति २०७६।०३।०४ गते

    त्रिभुवन बिश्व बिद्यालय किर्तिपुर, बिज्ञान संकायका सहायक डिन प्रो.डा.शम्भु प्रसाद पटेललाई घुस रकम सहित नियन्त्रणमा लिइएको 
    त्रिभुवन विश्वविद्यालय किर्तिपुर, बिज्ञान संकायका सहायक डिन प्रो।डा।शम्भु प्रसाद पटेलले कलेजको सम्बन्धन नवीकरण गराईदिने भनी घुस–रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले निज शम्भु प्रसाद पटेललाई सेवाग्राहीसँग रू।५०,०००।– (अक्षरुपी पचास हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित किर्तिपुर ट्यङ्लाफांट स्थित स्टिकस फास्ट फुड एन्ड क्याफेबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

    प्रदीपकुमार कोइराला
    प्रवक्ता

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij