प्रकाशित मिति : शुक्रबार, असार १३, २०७६
२०७५ सालको एसईई परिक्षार्थी करिश्माले बी प्लस ल्याएपछि उनले जताततै प्रशंसा पाइरहेकी छिन् । सर्वसाधारणलगायत फिल्मी क्षेत्रका कलाकारले उनलाई बधाई दिइरहेका छन् । उनकी छोरी कबिता मानन्धरले पनि आफ्नो फेसबुक अकाउन्टमार्फत् आमाको सफलतामा भावुक हुँदै बधाई दिएकी छिन् ।
उनले बिहिबार बेलुकी लेखेकी छिन्, ‘आमा, तपाईंको सफलतामा म कति गर्व महसुस गरिरहेको छु, त्यो भन्न सक्दिनँ । यसका लागि तपाईंले जति मेहनत गर्नुभयो, रातभरी सुत्नुभएन, बिहान, दिउँसो, साँझ केही भन्नुभएन । र तपाईंमाथि अत्यधिक दबाब पनि थियो । यी सबै कुराले अब उचित मूल्य पाएको छ ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij