आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हिले दौड : सोनी र विकासलाई उपाधि

  • प्रकाशित मिति : आइतवार, असार १५, २०७६



  • धादिङ । राष्ट्रिय धान दिवसको अवसरमा विर्ताबेसीमा खुल्ला हिलेदौड प्रतियोगिता सम्पन्न भएको छ।

    आइतबार भएको धान दिवसको अवसरमा राष्ट्रिय खेलको संरक्षण गरी हिलो र माटोसँग किसानको सम्बन्ध स्थापित गर्न आयोजना गरिएको प्रतियोगितामा हिलोतर्फ नलाङका सोनी गुरुङ प्रथम, धुनीबेसीका रसिला तामाङ द्वितीय र ललितपुरका निरजला ताम्राकार तृतीय भएको छ।

    यसैगरी पुरुषतर्फ सङ्खुवासभाका विकास राई प्रथम, कैलालीका किरण मल्ल द्वितीय र नेपालगञ्जका खिमबहादुर खत्री तृतीय भए। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ५० हजार, ३० हजार र २० हजारसहित सिल्ड र कप प्रदान गरिएको छ।

    जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले तीन सय मिटर हिलो खेतमा दौड प्रतियोगितामा भाग लिनेलाई पुरस्कार वितरण गरे। प्रतियोगितामा हिलोतर्फ २३ जना महिला र ८२ जना पुरुषले सहभागिता जनाएका थिए।

    जसमा एक जना विदेशी नागरिकसमेत रहेका थिए। राष्ट्रिय लोक खेल संरक्षण तथा अनुसन्धान सङ्घका अध्यक्ष किरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न समारोहमा पञ्जबाजासहित दही चिउरा खुवाएर कार्यक्रम सम्पन्न गरिएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij