प्रकाशित मिति : बुधबार, असार १८, २०७६
राजविराज, असार १८ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भारतको नयाँदिल्लीबाट मधेसको सप्तरी हुँदै सीधै चीनको सीमासम्म जाने राष्ट्रिय राजमार्ग निर्माण हुने बताएका छन् ।
बुधबार सप्तरीको राजविराजमा ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’को पूर्वाधार तयारी विकास समिति कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
कुल ९ अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त प्रतिष्ठानको काम तीव्ररुपमा अगाडि बढेको जानकारी उनले दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij